Logo

एसीसी यु–१९ एसिया कपः भुटानले दियो ५१ रनको लक्ष्य


काठमाडाैं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको दोस्रो खेलमा नेपाललाई भुटानले ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियास्थित किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको भुटान २८ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ५० रन जोड्न सफल भएको हो । भुटानको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए भने स्पनीनर सन्दिप लामिछानेले ४ तथा नन्दन यादवले १ विकेट लिए । पहिला ब्याटिङ रोजेको भुटानका लागि टासी फुन्टोसोले अविजित १६ रनको पारी खेले । यस्तै युजेन दोर्जेले १३ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पहिलो खेलमा थाइल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको नेपाली टोलीले आज पनि भुटानविरुद्ध उत्कृष्ट जितको खोजीमा रहेको छ । यस अघि सोमबार भएको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनको विशाल अन्तरले पराजित गरेको थियो । छनोटको समूह ए मा रहेको नेपालले २ अंक जोडेको छ र नेपाल समूहको दोस्रो स्थानमा छ । नेपालले आज भुटानलाई पराजित गरेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि सिंगापुरविरुद्ध खेल्नेछ । दुइ खेलमा जित निकालेको सिंगापुर समूहको शिर्ष स्थानमा छ । छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन ।

प्रतिक्रिया दिनुहोस्