Logo

बार्सिलोनाको विजयी सुरुवात, चेल्सीद्वारा गोलको वर्षा


एजेन्सी । लियोनल मेसीले उत्कृष्ट दुई गोल गरेपछि युरोपियन च्याम्पियन लिगको पहिलो खेलमा बार्सिलोनाले युभेन्ट्समाथि शानदार जीत निकाल्न सफल भएको छ ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई ३–० गोल अन्तरले पराजित गर्दै युरोपियन च्याम्पियनमा विजयी सुरुवात गरेको हो । जीतसँगै स्पेनिस क्लब बार्सिलोनाले स्पष्ट ३ अंक जोड्न सफल भएको छ । बार्सिलोनाको जीतका लागि लियोनल मेस्सीले २ गोल गरे भने इभान राकिटिचले एक गोल गरे । यस्तै, गएराति नै भएको अर्को खेलमा स्पोर्टिङ सिएफले ग्रीसको ओलम्पियाकवसलाई ३–२ ले हराएको छ । उता पेरिस सेन्ट जर्मेन पिएसजीले सेल्टिकलाई ५–० गोलले पराजित गरेको छ । सेल्टिकलाई उसैको मैदानमा हारउन पिएसजीका लागि नेमार र एडिनसन कभानीले २÷२ तथा एमबापेले १ गोल गरे । यस्तै, समूह बी मै जर्मन क्लब वायर्न म्युनिखले दश खेलाडीको एन्डरलेक्टलाई ३–० ले पराजित ग¥यो ।
उता इंग्लिसस क्लबद्वय चेल्सी र म्यानचेष्टर युनाइटेडले पनि युरोपियन च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेका छन । युनाइटेडले समूह ए को खेलमा बासेललाई ३–० ले हराउँदा चेल्सीले क्वारावाग एफकेलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । यस्तै, यसै समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र इटलीको रोमाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्