Logo

एसीसी यू–१९ एसिया कप : नेपालले ५१ रनको लक्ष्य पछ्याउँदै (लाइभ अपडेट)


काठमाडाैं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको दोस्रो खेलमा नेपाललाई भुटानले ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियास्थित किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको भुटान २८ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ५० रन जोड्न सफल भएको हो । भुटानको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए भने स्पनीनर सन्दिप लामिछानेले ३ तथा नन्दन यादवले १ विकेट लिए । पहिला ब्याटिङ रोजेको भुटानका लागि टासी फुन्टोसोले अविजित १६ रनको पारी खेले । यस्तै युजेन दोर्जेले १३ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्