प्रचण्ड पर्खाइमा रहेका गाउँपालिका अध्यक्ष अपहरणमा
प्रकाशित मिति : 15 September, 2017
प्रकाशित मिति : 15 September, 2017

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती अपहरणमा परेका छन । अध्यक्ष घर्ती सोेही थवाङ गाउँपालिका वडा नम्बर २ स्थित आफ्नो ससुराली गएका बेला बिहिबार राति करिब २ बजे तिर अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
शनिबार मात्रै माओबादी अध्यक्ष प्रचण्ड थबाङ जाने कार्यक्रम रहेको र सोही कार्यक्रमको तयारीका लागि जुटेका घर्तीको कस्ले अपहरण गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घर्तीको खोजी कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्