११६ स्थानीय तहको प्रारम्भिक परिणाम, कांग्रेसको अग्रता
प्रकाशित मिति : 19 September, 2017
प्रकाशित मिति : 19 September, 2017

काठमाडौ । प्रदेश नं २ का ८ जिल्लामा भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।
साँझसम्म करिब १२० स्थानीय तहको मतगणना सुरु भैइसकेको छ । जसमध्ये ११६ स्थानीय तहको प्रारम्भिक मत परिणाम सार्वजनिक भइसकेको छ ।
सार्वजकि भएको विवरण अनुसार कांग्रेसले ४३ स्थानीय तहको प्रमुख पदमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले २१ स्थानीय तहमा अग्रता लिएको छ भने माओवादी केन्द्रले १९ स्थानीय तहमा अग्रता लिएको छ ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी राजपाले १६ स्थानीय तहमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले १४ स्थानीय तहमा अग्रता लिँदा मधेसी जनअधिकार फोरमले ५ स्थानीय तहमा अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्