Logo

प्रेस काउन्सिल पुरस्कार झालाई


काठमाडौ । नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा बिकास टाइम्स डटकमका सल्लाहकार सम्पादक धर्मेन्द्र झालाई प्रेस काउन्सिल सुरन्द्रेबहादुर बस्नेत पत्रकारिता पुरस्कार दिने घोषणा प्रेस काउन्सिलले गरेको छ । पुर्व न्यायधिस तथा प्रेस काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्र बस्नेतको स्मृतिमा स्थापना गरिको सो पुरस्कार शुक्रवार राष्टपति बिद्यादेवी भण्डारीले एक समारोह बिच दिनुहुने भएको छ । सल्लाहकार सम्पादक झालाई बिकासटाइम्स परिवार हार्दिक बधाई ज्ञापन गर्दछ । पुरस्कृत झाको प्रगतीको कामना गर्दछ । उक्त पुरस्कारको राशी एक लाख पाँच हजारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्