Logo

प्रदेश दुईमा कांग्रेस पहिलो, राजपा र माओवादी दोस्रो (सूचीसहित)


काठमाडौं । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका एक सय ३५ स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म २५ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र प्राप्त विवरण अनुसार प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नाै स्थानीय तह, नेकपा एमाले चार, नेकपा माओवादी केन्द्र पाँच, राष्ट्रिय जनता पार्टी नेपाल दुई, संघीय समाजवादी फोरम नेपाल तीन स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार दुई स्थानीय तहमा विजयी भएका छन् । अहिलेसम्म पाँच सय ९५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना बाँकी रहेका एक सय १२ स्थानीय तहमध्ये केही स्थानमा मतगणनामा उत्पन्न विवादका कारण सर्बदलीय सहमति गरी मतगणना सुरू गर्ने प्रयास भइरहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजबिराज नगरपलिका वडा नम्वर १५ मा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

सूचीमा हेर्नुस्, कुन दलले कहाँ जिते ?

कांग्रेसले जितेको स्थानीय तह

१. सिरहाको नवराजपुर गाउँपालिकामा
२. धनुषाको औरहीमा
३. सर्लाहीको धनकौल गाउँपालिका
४. धनुषाको जनकनन्दिनीमा
५. सप्तरीको विष्णुपुरमा
६. सप्तरीको बेल्ही चपेना गाउँपालिका
७. रौतहटको परोहामा
८.बाराको करैयामाईको
९. सप्तरीको बेल्ही(चपेना गाउँपालिका
१०. सर्लाहीको रामनगर

एमालेले जितेका स्थानीय तह
१ धनुषाको बटेश्वरमा
२ सप्तरीको सप्तकोशी नगरपालिका
३ पर्साको पटेर्वा सुगौली
४ धनुषाको मुखियापट्टि

संघीय समाजवादी फोरमले जितेका स्थानीय तह

१. सिरहाको विष्णपुर गाउँपालिकामा
२. सिरहाको भगवानपुर गाउँपालिका
३.सर्लाहीको पर्सा गाउँपालिका

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हामा
२. सिरहाको अर्नमामा
३. पर्साको ठोरी गाउँपालिका
४.रौतहटको मौलापुर नगरपालिका
५. सिरहाको औरहीमा

राजपाले जितेका स्थानीय तह

१.धनुषाको हंसपुर
२. बाराको देवताल
३. सर्लाहीको कौडेना गाउँपालिका

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. सर्लाहीको विष्णु गाउँपालिका
२. रौतहटको ईशनाथ नगरपालिका

प्रतिक्रिया दिनुहोस्