Logo

ठेकेदारको बेइमानीले कर्णाली करीडोर निर्माणमा ढिलाई


सुर्खेत । रक्षामन्त्री भिमसेनदास प्रधानले हुम्लाको सिमिकोट जोड्ने निर्माणाधिन कर्णाली करिडोरको जिरो प्वाइन्टमा पक्की पुल नबन्दा निर्माणमा ढिलाई भएको  बताउनु भएको छ । कर्णाली करिडोरको निरिक्षण पश्चात प्रेस युनियन सुर्खेतले  गरेको पत्रकार सम्मेलनमा रक्षामन्त्री प्रधानले करिडोरको जिरो प्वाइन्ट कालिकोटको लालुमा हालसम्म पुल नबन्दा माथिल्लो क्षेत्रको सडक निर्माणमा ढिलाई भएको बताउनु भएको हो ।

उहाँले ४ वर्ष अघि नै सडक विभागले ठेकेदारलाई पुल निर्माणको जिम्मा दिएपनि हालसम्म निर्माण नगरिनु गलत भएको जानकारी दिनुभयो । उत्तरी तिव्वतको मानसरोवर हुँदै दक्षिणी नाका भारतको जमुनाहा जोड्ने त्रिदेशीय सडकमा ठेकेदारले काम नगुर्नको कारण माग गरिएको उहाँले बताउनु भयो ।

कालिकोटको लालु,  बाजुराहुँदै हुम्लाको सिमिकोट जोड्ने राष्ट्रिय गौरवको आयोजनाको १ सय ९६ किलोमिटिर सडकमध्य १ सय ४५ किलिमिटर सडक नेपाली सेनाले तिव्रगतिमा काम जारी राखेको रक्षामन्त्री प्रधानले जानकारी दिनुभयो । २०७१ सालबाट निर्माण थालिएको हुम्ला सडकमा ८ वटा पुलको काम तत्काल सम्पन्न गर्न पहली सरोकारवाला निकायसंग पहल गर्ने प्रधानले प्रतिवद्धता जनाउनुभयो ।

यो सडकको खुलालु, शान्तिघाट, फूगाड, भक्का, जुड्डीगाट, कुन्डा र कुवाडी खोलामा पुल निर्माण हुन बाँकी रहेको रक्षामन्त्री प्रधानले बताउनुभयो । अवको दुई वर्षमा हुम्लाको सिमिकोटसम्म मोटर पुग्ने बताउनु भयो । रक्षामन्त्रीसँगै योजना आयोगका सदस्य हरिण्य प्रधानर अछामका सांसद् बद्री पाण्डेले कर्णाली करिडोरको निरिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्