Logo

महामन्त्री डा कोइरालाले भन्नुभो- सभापतिसंग अब कुरा गर्छु


दुई नम्बर प्रदेशमा निर्वाचनको परिणाम आएपछि स्थानीय तहको निर्वाचन सकिएको छ । स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेपाली कांग्रेसका महामन्त्री डां शशांक कोइराला के भन्छन् त । उनै महामन्त्री कोइरालासँग विकास टाइम्स्का सम्पादक शिव लम्सालसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश :

प्रदेश नं २ को स्थानिय तह निर्वाचनको परिणाम त आयो नि ?
मधेशको मत परिणामले म सन्तुष्ट छैन । एक सय ३६ मा ७० । ८० सिट जित्नुपर्ने थियो । पार्टीको कमीकमजोरी रहयो । तर अर्को तिर हेर्दा त सबैभन्दा ठुलोपार्टी त कांग्रेस नै भएको छ । मधेषवादी दल पनि राम्रो संग आए माओवादी त दरिलो देखियो त्यसले केहि संकेतहरु गरेको छ ।

यो परिणामले त मधेशमा काग्रेसको अबस्था गिर्दो अरुको सुधार भएको हा?
त्यसरी नै त म भन्दिन तर कागे्रसको अबस्था गिरेको पक्का हो । मलाई आश्र्चय त त्यहा लागेको छ मधेश केन्द्रित दलले धेरै मत पाए । अझै माओवादीले त्यति मत ल्याउछ भन्ने लागेको थिएन । यस्ले अब आउने चुनावमा हामी हाम्रो रणनीति के बनाउन पक्ष भन्ने पाठ सिकाएको छ ।

८० सिट जित्नुपर्ने कहाँ कमजोरी ररहयो त ?
सबै भन्दा पहिला टिकट बितरणमा नै कमजोरी भयो । अन्तर्घातको कुरा उठेको छ धेरै ठाँउमा । तालमेलपनि हामीले प्रचण्ड जीसंग मात्रै गर्यौ अरुहरुसँगपनि बृहत रुपमा गर्नुपर्थो कि भन्ने लागेको छ । यिनै कुराले हाम्रो यो अवस्था आयो ।

अव संघ र प्रदेशको निर्वाचन नजिक हुनुहुन्छ फेरि टिकट बितरण यस्तै हुने लक्षण देखिएको छ नि ?
म सभापति शेरबहादुर देउवालाई पनि भन्छु यी गल्ती दाहोरियो भने कागे्रसको अवस्था नाजुक हुन्छ म टिकट बितरण सबैको भावनाको कदर गरेर जितने मान्छेलाई उमेदवार बनाउनका लागी लडने छु । गल्तीलाई मिनिमाइज गरेर जानु पर्छ । यो आउदा निर्वाचनमा एमालले जित्यो भने काग्रेस दश पन्ध्र पछाडी पर्छ । यो संघ र प्रदेशको चुनाव जीवनमरणको सवाल छ । त्यसैले हाम्रा त्रुटिहरुलाई मिनिमाइज गरेर अन्तर्घात नगरे एक जुट भएर जानु पर्छ ।

स्थानिय तहमा माओवादी केन्द्रसंग तालमेल गर्नुभयो अब त्यो तालमेल कायम नै रहन्छ ?
हामीले आफ्नै बलमा उभिनुपर्ने त्यो हुन सकेन राजनिति परिस्थितीले त्यो हुन दिएन । अब प्रतिनिधिसभा र प्रदेशसभामा पनि तालमेल गरेरै जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्