फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ २ सयले बढेको हो ।

हिजो १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदी २० रुपैयाँले घटेको छ । हिजो १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।