कोकाकोलाले ल्यायो ‘कोक बडी’ एप, यस्ता छन् विशेषता

कोकाकोलाले ल्यायो ‘कोक बडी’ एप, यस्ता छन् विशेषता


काठमाडाैं ।

कोकाकोला वेभरेजेज नेपालले ‘कोक बडी’ एप लन्च गरेको छ । कोकाकोला वेभरेजेज नेपालले रिटेलरहरूले चाँडो र सहज अर्डर गर्न मिल्ने ‘कोक बडी’ एप बुधबार लन्च गरेको हो ।

रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरमार्फत चाँडोभन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सक्ने उद्देश्यले एप लन्च गरिएको कम्पनीले जनाएको छ ।

नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीको विश्वास छ । एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाइज गर्ने, इन्भेन्टरी भिजिबिलिटी सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपक नाथ सेन्थिलले भने, ‘हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबीसै घण्टा चाँडोभन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन हो । यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौं ।’

एपमार्फत कुनै पनि आउटलेटले कोकाकोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्न केवल प्ले-स्टोर वा एप-स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग-इन गर्न सक्छन् ।

जहाँ आफूले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र उनीहरुको अर्डर तुरुन्तै प्रोसेस हुन्छ । आउटलेटहरुको डिजिटल एक्स्पिरियन्सलाई अझै सुधार गर्न र कार्यविधिलाई अझै प्रभावकारी बनाउन क्युआर कोडबाट मात्र भुक्तानी लिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
यस्ता छन् विशेषता

चौबीसै घन्टा अर्डर: जुनसुकै समयमा, जहाँँबाट पनि अर्डर गर्न मिल्ने, आउटलेटहरूको लागि अत्यन्तै सहज र सुविधाजनक ।

वान मिनेट अर्डरिङ : सुव्यवस्थित अर्डरिङ प्रक्रियाले गर्दा आउटलेटहरूले एक मिनेटमै अर्डरहरू राख्न सक्छन्, जसले गर्दा डाउनटाइम कम हुन्छ र अर्डरको प्रभावकारिता पनि वृिद्ध हुन्छ ।

रियल-टाइम अर्डर म्यानेजमेन्ट: वितरकहरूले चाँडो र सही डेलिभरी सुनिश्चित गर्दै रियल टाइममा अर्डरहरू ट्र्याक गर्न सक्छन् ।

न्भेन्टरी ट्रयाकिङ: यस एपले इन्भेन्टरी लेभलहरूको विस्तृत विवरण प्रदान गर्दछ, जसले गर्दा स्टक आउटहरू रोक्छ र समग्र सप्लाई चेन व्यवस्थापनमा सुधार हुन्छ ।

प्रमोशन र मार्केटिङ सपोर्ट: डिस्ट्रिब्युटर र आउटलेटहरूले एपमार्फत प्रत्यक्ष रूपमा प्रचार र मार्केटिङका सामग्रीहरू तथा आवश्यक जानकारीहरू अपडेटहरु प्राप्त गर्छन् ।