Logo

बनाइ छाडे डा कोइरालाले धारेवाललाई काग्रेस


काठमाडौ । नेपाली काग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका राष्टिय जनता पार्टी नेपाल सहमहामन्त्री दिलिप धारेवाललाई काग्रेसमा प्रबेश गराउनुभएको छ । मोरडका प्रभावशालि नेता धारेवाललाई सोमवार आफ्नै निवासमा कोइरालाले टिका र माला लगाई पार्टीमा प्रबेश गराउनुभएको हो । सो अबसरमा नेता कोइरालाले कोइराला परिवारकोसंग धारेवालको राम्रो सम्बन्ध रहेको र बिगतमा पनि काग्रेसलाई सहयोग गरेको स्मरण गराउनुभयो । उहाँलाई लोकतन्त्रलाई संस्थागत बिकास र स्थायित्वका लागी प्रजातान्त्रिक शक्ति बलियो बनाउने अभियानमा धारेवाल काग्रेसमा प्रवेश गरेको दावी गर्नुभयो । डा कोइराला र नेता धारेवालको बिराटनगरमा एउटै वडामा बसोवास रहेको जानकारी दिदै कोइरालाले बिराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुलीलाई जिताउनमा धारेवालको योगदानको प्रशंसा गर्नुभयो । नेता धारेवालले काग्रेसले नै मुलुकको उन्नती गर्न सक्ने बताउनुभयो । धारेवालको प्रबेश पछि डा शेखर कोइरालाको निर्वाचन क्षेत्रमा काग्रेसको अवस्था बलियो भएको बताएका छन् । धारेवाल नेपाल सद्भावना पार्टी संस्थापक र मधेश आन्लोलनका कमाण्डर समेत हुन ।

प्रतिक्रिया दिनुहोस्