अन्तरिम आदेश भएन मत्रपत्र सम्बन्धी रिटमा
प्रकाशित मिति : 18 October, 2017
प्रकाशित मिति : 18 October, 2017

सर्वोच्च अदालतले राजपा नेता सर्वेन्द्रनाथ शुक्लले निर्वाचनको मतपत्रसम्बन्धी दायर गरेको रिटमा अन्तिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको छ ।
१ कात्तिकमा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले अन्तरिम आदेश दिनु नपर्ने फैसला सुनाएको हो ।
राजपा नेता शुक्लले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि छुट्टा-छुट्टै मत्रपत्रको व्यवस्था गर्नका लागि अन्तरिम आदेश माग गर्दै २२ असोजमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्