Logo

सरकारले मुख्यसचिवमा रेग्मीलाई नियुक्त गर्ने


काठमाडौं । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्ति गर्दैछ ।

वर्तमान मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेर हदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न लागेको हो । बिहान ९ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने तयार रहेको मन्त्रिपरिषद निकट श्रोतले जानकारी दिएको छ ।

यसका साथै मन्त्रिपरिषद बैठकले केही सचिवको बढुवा र सरुवा गर्ने तयारी पनि गरेको छ । अहिले खाली रहेका प्रशासन समुहका तीनजना सचिवको बढुवा, उनीहरुको पदस्थापन र केही सचिवको सरुवा गर्ने तयारी रहेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्