Logo

लम्सालको नजरमा प्रदेश नं ५ मा काग्रेसलाई पाँच सुझाव


नेपाली काँग्रेस रुपन्देही क्षेत्र ४ का सभापति हरि लम्साल । लामो समय सम्म पत्रकारिता पेशामा लागेका लम्साल पछिल्लो दशकमा काग्रेसको राजनितिमा सक्रिय रहे । नेपाल पत्रकार महासघंको उपसभापति समेत रहेका लम्सालले समाजको आर्थिक सामाजिक परिर्वतन सगै देशको बिकासका लागी लोकतन्त्र र राजनिति स्थिरताले मात्रै संभव रहेको बताउछन् । राजनिति बिश्लेषक तथाबरिष्ठ पत्रकार लम्सालको नजरमा प्रदेश नं ५ मा काग्रेसलाई पाँच सुझाव । 
♦प्रदेश नं ५ मा कांग्रेसको अवस्था अत्यन्तै राम्रो छ, तर कांग्रेस भित्रकै बेमेलका कारण सोचेजस्तो परिणाम नआउन पनि सक्छ। कांग्रेस एक भएर चुनावमा लाग्ने हो भने ५ नं प्रदेशमा बहुमत आउने संभावना दह्रो छ।
♦ बाम गठबन्धन ले मतान्तरमा त थोरै असर पार्ला, तर प्रदेशको समग्र परिणाममा खासै असर गर्लाजस्तो लाग्दैन।
♦ कांग्रेस अहिले इतिहासकै गम्भीर मोडमा छ, यो तथ्यलाई आत्मासाथ गरि कांग्रेसमा आस्था राख्नेहरू बिगतका सबै कुरा बिर्सेर एक भएर जानुपर्ने अवस्था हो। त्यसको लागि मुहान नै सफा हुनु जरुरी छ। अन्यथा बिगतको जस्तै गुट उपगुट, घात अन्तरघातको पीडा भोग्न नपर्ला भन्न सकिँदैन।
♦ टिकट दिंदा हाम्रालाई होइन, राम्रालाई दिनु पर्छ।राम्रो को हो भन्ने कुरा नेताजीहरूलाई थाहा नहुन पनि सक्छ, त्यसकोलागि स्थानीय स्तरका २/४जना कार्यकर्तालाई बुझ्न सकिन्छ ।यसरी टिकट वितरण गर्ने हो भने कार्यकर्ताहरूको मन पनि बुझ्छ अनि निर्वाचनमा पनि एक भएर जान सक्छन् ।
♦ पार्टीमा पुराना र दुख पाएका साथीहरूको सहि मुल्यांकन गरि उनिहरूलाई पनि उचित ठाउँ र सम्मान गर्ने परिपाटीको बिकाश गर्नु जरुरी छ। यसले गर्दा निरास भएर बसेका ईमान्दार कार्यकर्ताहरूमा जांगर र हौसला आउछ।

प्रतिक्रिया दिनुहोस्