सभापति देउवाको प्रस्तावमा काँग्रेस प्रवक्तामा थापा
प्रकाशित मिति : 25 October, 2017
प्रकाशित मिति : 25 October, 2017

काठमाडौँ। युवा नेता गगनकुमार थापा नेपाली कांग्रेसका प्रवक्ता बन्ने भएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री थापालाई पार्टी प्रवक्ता बन्न औपचारिक प्रस्ताव गरेका हुन्।
मंसिरको निर्वाचनमा समानुपातिकतर्फ बसेका बालकृष्ण खाँडलाई सभापति देउवाले सोमबार कांग्रेसको चुनाव प्रचार प्रसार संयोजकको जिम्मेवारी दिएका थिए । देउवाले मंगलबार नेता थापालाई पार्टी प्रवक्ता बन्न औपचारिक प्रस्ताव गरेका हुन्।
सभापति देउवाको प्रस्तावलाई नेता थापालाई सकारात्मक रुपमा लिएको उनी निकट नेताहरूले जनाएका छन् । थापाले कांग्रेस प्रवक्ताको रूपमा केही दिनमै काम थाल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्