Logo

गराए नेता केसीले राज्यलक्ष्मीलाइ काँग्रेसमा प्रवेश


विदुर । व्यवस्थापिका संसदकी निवर्तमान साँसद, एकिकृत राप्रपा राष्ट्रवादीकी नेतृ एवं नुवाकोट प्रतिनिधीसभा क्षेत्र नं.२ की उमेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ काँग्रेस नेता अर्जुननरसिंह केसीको समर्थनका साथ आफ्नो उ
मेदवारी परित्याग गर्दे काँग्रेस प्रवेश गरेकी छन् ।
बुधवार सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा एराप्रपा राष्ट्रवादीकी नेतृ श्रेष्ठले आफूले उमेदवारी फिर्ता लिईसकेको र आजैका मितिवाट नुवाकोटका सबैक्षेत्रमा काँग्रेसलाई जिताउन क्रियाशिल रहने प्रतिवद्धता जनाईन ।
विशेषगरी नुवाकोटको विदुर नगर क्षेत्रमा अत्यन्त लोकप्रिय मानिने नेतृ श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाको तर्फवाट विदुर नगरपालिकामा उपमेयरको प्रतिस्पर्धी भएदेखि निरन्तर उक्त पार्टीको विभिन्न तहमा रही राजनीतिमा क्रियाशिल थिईन । २०७० पछि संबिधानसभा र व्यवस्थापिका संसदको सदस्यका रुपमा पनि श्रेष्ठको भूमिका प्रशंसनीय रुपमा लिईन्छ भने श्रेष्ठको काँग्रेस प्रवेशसंगै नुवाकोटमा लोकतान्त्रिक गठवन्धन अझै सुदृढ हुने विश्लेषकहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्