एक कम्पनीको आइपिओ बाँडफाँड

एक कम्पनीको आइपिओ बाँडफाँड


काठमाडौं ।

हिमालयन रि–इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ आइतबार बिहान बाँडफाँट गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपिओ मा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ५६ जना आवेदकले कम्पनीको आइपिओ पाएका छन् । लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन् ।

क्यापिटलका अनुसार आवेदन दिएका मध्ये आठ जनाको आवेदन रद्द भएको छ । यसैगरी, १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम आइपिओ पाएका छन् ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आइपिओ निष्कासन गरेको थियो ।

निकै ठूलो विवादमा परेको भए पनि कम्पनीको आइपिओले सुखद ओपनिङ गरेको थियो ।

अब यसपछि कम्पनीले आगामी मंसिर २७ गतेदेखि सर्बसाधारणका लागि आइपिओ निष्कासन गर्दैछ ।