Logo

बरिष्ठ नेता पौडेलले भन्नुभो -मतदान सर्न सक्छ


काठमाडौ । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानको दिन सर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका उमेदवारका आकाक्षीहरुको जिज्ञाशालाई आफ्नै निवासमा उत्तर दिदै उहाँले सर्वोच्च अदालतको आदेशले गर्दा केहि दिन मतदान सर्न सक्छ भन्नुभयो । एक आकाक्षीका अनुसार नेता पौडेलले निर्वाचन सर्छ भन्ने हल्ला निराधार हो सबै जिल्ला जानुस निर्वाचन लाग्नुस भन्नुभएको छ । तर सर्वोच्च अदालतले प्राबिधिक बिषयमा आदेश गरेको हुदा केहि दिन सर्न सक्छ भन्नुभएको हो ति आकाक्षीले बिकास टाइम्सलाई भने ।
कांग्रेसको उम्मेदवार चयन प्रणाली पूर्ण रुपमा केन्द्र नियन्त्रित छ । यो कारण टिकटका आकांक्षीहरु हजारौंको संख्यामा काठमाडौं ओइरिएका छन् ।

अहिले काठमाडौंका होटल लज सर्वत्र कांग्रेस कार्यकर्ताको भीड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्