जब केपी ओलीले बाटो बिराए …

जब केपी ओलीले बाटो बिराए …


काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बोल्नमा माहिर छन् । आफ्नो बोलीकै कारण सर्वाधिक चर्चाको शिखरमा रहने ओलीले शनिबार भने आफैँले बाटो बिराएका छन् ।

ओलीले बाटो बिराएको हो कि अन्य कुनै कारणवश ‘बाटो बिराएँ’ भने, त्यो उनै जानून् । तर, उनले आफूले बाटो बिराएको भनेर सार्वजनिक रूपमै माफी मागेका छन् ।

पूर्व–पश्चिम समृद्धिका लागि संकल्प यात्राका क्रममा उनको स्वागतमा फूलगुच्छा बोकेर बसेका शुभचिन्तकलाई जिल्ल पार्दै अर्कै बाटो हिँडेपछि उनले यस्तो बताएका हुन् ।

ओली यात्राका क्रममा नुवाकोट पुगेका छन् । हिजो शनिबार सल्यानटारबाट नुवाकोट हिँडेको टोली धादिङको चरंगेबाट कटुञ्जे हुँदै बट्टार जानुपर्नेमा बाटो भुलेर अर्कै बाटो मार्गबाट बट्टार पुगेको थियो ।

‘हिजो सल्यानटारबाट नुवाकोटका लागि यात्रा अघि बढ्दा रात छिप्पिइसकेको थियो ।हामी धादिङको चरंगेबाट कटुञ्जे हुँदै बट्टार आउनुपर्नेमा बाटो भुलेर अर्कै मार्गबाट बट्टार आइपुग्यौँ,’ ओलीले भनेका छन्, ‘कटुञ्जेमा यात्रामार्गमा स्वागतमा बस्नुभएका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुन सकेन । उहाँहरूसँग क्षमा चाहन्छु ।’