Logo

टुंग्यायो कांग्रेसले सभापतिसहित २२ उम्मेदवारको नामावली


काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको संसदीय समितिको बैठकले उम्मेदवारी टुंगो लगाएको हो ।

सभापति शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नम्बर १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १, महामन्त्री डा.शशांक कोइराला नवलपुर क्षेत्र नम्बर १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नम्बर १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नम्बर २, विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुहुनेछ ।

यस्तै पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १, महेश आचार्य मोरङ क्षेत्र नम्बर ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४, रमेश रिजाल पर्सा क्षेत्र नम्बर ४, डा नारायण खड्का उदयपुर क्षेत्र नम्बर १, डा.मीनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर २, डा प्रकाशशरण महत काठमाडौँ क्षेत्र नम्बर ५, फरमुल्लाह मन्सुर बारा क्षेत्र नम्बर ३, एनपी साउद कञ्चनपुर क्षेत्र नम्बर २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुहुनेछ ।

यसैगरी डा.शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नम्बर ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नम्बर ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्