Logo

के गरिन मैले तनहुँ र नेपालका लागी


तीसवर्षे निर्दलीय निरंकुशताको अन्त्यपछि भएको प्रतिनिधिसभाको निर्वाचन, २०४८ मा पहिलेचोटि तनहुँबाट चुनाव लड्दा प्रायः सबै ठाउँ पैदल हिँडेर पार गरेको थिएँ । मोटरबाटो कतै थिएन । व्यास मार्ग, भानुमार्ग कुटोकोदालोले खनेर सुरुमात्र गरेका थियौं । बिजुलीको अत्तोपत्तो कतै थिएन । जताततै खानेपानीको हाहाकार । कताकति रहेका स्कुलहरू कटुसका स्याउलाले छाइएकाले धरधर पानी चुहिएकाले केटाकेटीको कन्तोबिजोग हुन्थ्यो । गाउँघरमा स्वास्थ्यचौकीको नामनिसान थिएन । सञ्चारसुविधा सदरमुकामबाहेक अन्त कहीँ थिएन । भएका पद्धति पनि ज्यादै कमजोर र पुरानोे । जनताको आर्थिक हालत विपन्न गाउँघरमा दुईहजार रुपैयाँ निस्कन मुस्किल पथ्र्यो । आधा पेट खाएर, आधा हर लगाएर गाउँबेसी भारी बोकेर कष्ट काटिरहेका जनता ओइरो लागेर सुविधा खोज्दै बसाइ सरिरहेका थिए । त्यस्तै हालत देखेर मैले चुनावमा जाँदै गर्दा वरभन्ज्याङको विचारी चौतारमा उभिएर भने ‘गाउँहरूबाट अस्थिर भएको मनलाई गाउँमै आधुनिक सेवा र सुविधा पु¥याएर बसौंबसौं बनाउन म राजनीतिमा लागेको हुँ ।’

चुनाव जितेर स्थानीय विकासमन्त्री बन्नासाथ आफ्ना प्रधानमन्त्री र सरकारसमक्ष ग्रामीण स्वावलम्बन कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक गाउँमा बाटो बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार पु¥याउने ग्रामीण विकासको अभियान सुरु गर्न मैले सुझाएँ । हामीले पहिलोपटक गाविसमा पैसा पठाउन सुरु ग¥यौं । स्कुलहरूलाई जस्तापाता पठायौं । चार हजार गाउँमा एकै पटक स्वास्थ्य चौकी, स्वाथ्य केन्द्रहरू खोल्यौं । टेलिफोनको विस्तार सुरु ग¥यौं । सातौं विद्युतीकरण योजना तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा पनि सुरु भयो । खानेपानीका योजनाहरू गाउँगाउँमा सुरु भए । पानीको स्रोत नभएका ठाउँहरूमा पनि आकाशेपानी संकलन र पछि लिफ्ट खानेपानी र सिँचाइ योजनासमेत सुरु भए । आज मादीको पानी तानेर दमौलीमा खाँदैछौं । बैरेनी, चिन्तुटारजस्ता सुक्खा टारहरूमा लिफ्ट सिँचाइ सुरु गरेका छौं ।

पहिलो पटक मन्त्री बनेर जिल्ला फर्कंदा स्वास्थ्यचौकी उद्घाटन गर्न नौ ओटा गाडी लिएर मैबलको डाँडोमा उक्लिएको घटना मेरो मानसपटलमा आज पनि ताजै छ । मिर्लुङ, पोखरीछापमा मोटर चढेर पुग्दा बजेका मिर्लुङे बाजा अहिले पनि कानमा रन्किरहेजस्तो लाग्छ । आज तनहुँका प्रत्येक डाँडाकाँडामा देवघाटदेखि राईपुरकोटसम्म पुट्टारदेखि चोकचिसापानीसम्म सर्वत्र मोटर कुदेका छन् । स्कुल, क्याम्पस र कलेजका भवनमा झल्झलाउँदा छानाहरू झल्किरहेका छन् ।
करोडौंको लागतमा बनेका स्वास्थ्य केन्द्रका भवनहरू जताजतै झल्किरहेका छन् । सञ्चार सुविधामा चमत्कार भएको छ । तनहुँको कर्णाली भनेर चिनिने बैदी, छिपछिपे, कोटा र देवघाटका डाँडाहरू सडक यातायातले वेष्टित भएका छन् । सेती, मादी, त्रिशूली, मस्र्याङदी र काली नदीमात्र हैन अन्य खोलानालामा समेत भोलुंगे पुल र ठूलाठूला मोटरेवल पुलले हाम्रा विकट बस्तीहरू सुगम बन्दैछन् । वुद्धसिंह मार्गको निर्माणले गण्डकी र धौलागिरी मधेसबाट ३० किलोमिटर नजिक हँुदैछन् ।

हो, यो अवधिमा यति काम भएर मात्र पुग्ने हैन । धेरै काम हुनुपर्ने थियो तर यति काम पनि हामीले अत्यन्त प्रतिकूल अवस्थामा गरेका हौं । हामीलाई म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडा भएकै हो । हामीले केवल तीन वर्षको अवधिमा ग्रामीण विकासको जग हाल्न नपाउँदै हामीमाथि बम प्रहार भयो । देशलाई कहिले २०५२ सालबाट सुरु भएको दशक लामो हिंसा, हत्या, कहिले रेलिङभाच्ने ताण्डवहरू, कहिले राजाको प्रतिगमन, कहिले तराई आन्दोलनका साथै आपूर्ति समस्या, कहिले भूकम्पको धक्का त कहिले बाढीपहिरो प्रकोप र खासगरी नेपालमा कहिलै पनि राजनीतिक व्यवस्थाको टुंगो लाग्न नदिने अस्थिरता कायम गर्ने प्रपञ्चहरूले हामीलाई सुरुसुरुमा काम गर्न नदिएकै हुन् । यस्ता विपद् व्यहोर्न नपरेको भए अहिलेसम्म नेपाल साँच्चिकै स्विट्जरल्यान्ड बनिसक्ने थियो ।

शान्ति प्रक्रिया टुंग्याई संविधानसभाबाट संविधान निर्माण गर्ने र राजनैतिक व्यवस्थाको टुंगो लगाउने, अभियानमा हामीले केही समय बिताउनु प¥यो । राजनैतिक विवादहरूको टुंगो लागेपछि विकास र जनताको जीवनस्तर उठाउने समृद्धिको अभियानमा जुट्न परेको छ । राजनैतिक कारणहरूले पुनर्संरचना भएका हाम्रा स्थानीय तह, निर्वाचन क्षेत्रहरू, प्रदेश तथा संघीय सरकारमा निष्ठावान् व्यक्तिहरूको उपस्थितिले मुलुक अवश्य आशा र भरोसासहित अगाडि बढ्नेछ ।
“महँगो योजना भयो” भन्दाभन्दै पनि मेरो निरन्तरको प्रयासका कारण ४२ अर्बको सेती जलाशययुक्त आयोजना एमाले मन्त्रीले बिथोल्न खोज्दाखोज्दै पनि अहिले तनहुँमा आएको छ । त्यसरी नै मैले विशेष प्रयास गरेर गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा लगेको हुँ । अहिले त्यसलाई ठूलो शिक्षण अस्पतालकै रूपमा निर्माण गर्ने सहमति भारतसँग भइसकेको कुरा त्यहाँका प्रधानमन्त्रीले घोषणा गरिसकेका छन् । अब हाम्रो ४ नं प्रदेशको ठूलो अस्पताल तनहुँमा बन्दैछ । भारतीय राजदूतसँगको संवादले गर्दा खैरेनीदुलेगौडामा जी पी कोइराला श्वासप्रश्वास केन्द्र जो, धरानको बी।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मोडेलको शिक्षण अस्पतालसहितको विशाल स्वास्थ्य प्रतिष्ठान मित्रराष्ट्र भारतको सहयोगमा बन्ने भएको छ । यता बन्दीपुर र दमौली अस्पतालको क्षमता विस्तार पनि अघि बढ्दै छन् ।

तीन वर्षअगाडि दोस्रो तनहुँ महोत्सवको समापन गर्दै मैले भनेको थिए– “मैले दमौली गा।वि।स।लाई व्यास नगरपालिका त बनाए तर अहिलेसम्म नगरको आकार भन्नु २, १० र ११ वडामा मात्र सीमित छ । अब म यो नगरलाई विस्तार गरेर मिर्लुङकोट, कोटा, वैदी, गलेखाम, राईकोट र रिसिङकोटतिर विस्तार गर्न चाहन्छु ।”
अहिले त्यो काम दिनानुदिन अघि बढ्दै छ । तनहुँसुर सडक, क्यामिन मार्ग, केशवटार मार्ग, कालिकामार्ग, भानु मार्ग, छाब्दी वरहा मार्ग, सिन्धुमार्ग र काहुशिवपुर तथा मानुङकोटमा कालोपत्रे सडक कार्यक्रम सुरु भइसकेका छन् । एकदुई वर्षभित्रैमा ती सम्पन्न हुनेवाला पनि छन् । ए।डी।वी र वल्र्ड बंैकको सहयोगमा भिमाद भीरकोट र भीमकाली मार्ग कालोपत्रे हुँदैछन् । राईपुरलगायत तनहुँका सबै डाँडाकाँडामा पिच रोड उक्लँदै छन् । मानुङडाँडा, दुम्सीचौर, फराकचौर, रानीगाउँमा पक्की सडक बनिरहेका छन् ।

मेरो राजनीति लहडको राजनीति हैन । म उच्च मिसनका लागि स्पष्ट भिजनका साथ राजनीतिमा छु । मैले “गाउँमै बसौं–बसौं”को आधा बाटो तय गरिसकेको छु । थुपै्र पूर्वाधार तयार भइसकेका छन् । तर यो अझै अधुरो छ । मैले गाउँमै बसांै–बसौं बनाउन यतिका काम गरिसके पनि एकातिर त्यतिका सुविधा गाउँमा पुगिसक्दा गाउँ भने अझै रित्ता हुँदैछन् । सबै सुविधा गाउँमा पुगिसके तर गाउँ रित्तिँदैछन् । यो विडम्बनापूर्ण अवस्था किन हो रु केले हो रु हुँदाहँुदा गाउँबाट मात्र हैन देशबाटै जनशक्ति रित्तिँदै छ । हाम्रा युवा कामको खोजीमा संसारभरि फिजिँदै छन् । यो किन भइरहेछ रु उत्तर स्पष्ट छ । यहाँ अझै गरिबी, अभाव र बेरोजगारी व्याप्त छ । आम्दानीका आधार खडा भएका छैनन् ।

अब म यो समस्यातिर केन्द्रित भइरहेको छु । केही वर्ष यता आएर मैले मेरा साथीहरूसँग भन्ने गरेको छु – “यतिन्जेल हामीले विकासका पूर्वाधार निर्माणका कुरामा अगुवाइ ग¥यौं, अब जनताको आम्दानी बढाउने काममा अगुवाइ गर्नुपर्छ ।” मैले नेपालको उन्नतिका तीन मुख्य आधारहरू भन्ने गरेको छु – १। कृषि क्रान्ति २। पर्यटनको विस्तार ३। ऊर्जा शक्तिको विकास । यिनै माध्यमबाट अब बिदेसिएको नेपाली मनलाई स्वदेशमै बसौं–बसौं बनाउनुपर्छ ।

कृषि
तनहुँमा यस दिशातर्फ ठोस काम हुँदैछन् । ठाउँठाउँमा नयाँ कृषि फर्म– गाईपालन, बाख्रापालन, कुखुरापालन, मत्यपालन, तरकारी र फलफूल खेतीका फर्महरू खुलिरहेका छन् । व्यास ५, ६, ७, ८, ९, १० र ११ वडाहरू मिलाएर हालैमात्र कृषि मन्त्रालयले कृषि जोन घोषणा गरेको छ । आँबुखैरेनीदेखि याम्पासम्मको क्षेत्र पनि कृषि जोनका रूपमा अगाडि बढाइएको छ । त्यसबाट कृषकहरूले मनग्य सुविधा लिन सक्नेछन् ।

सिँचाइ
सिँचाइ मन्त्रालयले नयाँ प्रविधिसहितको टार सिँचाइ योजना अघि बढाएर योजनाको कार्यालय तनहँुमा भर्खरै स्थापना भएको छ । अब हाम्रा मस्र्याङ्दी किनार, मादी किनार, सेती र काली किनारका ठूला टारहरूमा सिँचाइ सुविधा उपलब्ध गराइनेछ । एवं रीतले नयाँ प्रविधि, आधुनिक औजार र व्यवसायीकरणका माध्यमले कृषिलाई थोरै मेहनत र कम लागतमा धेरै आम्दानी दिने पेसामा परिणत गरिँदैछ । धुस्रे, मैले र दुःखी किसानका ठाउँमा सुकिला, मुकिला र सुखी सम्पन्न किसानको परिकल्पना अघि आउँदैछ, जसबाट यसबाट ठूलो रोजगारीका अवसर खडा हुँदैछ ।

पर्यटन
त्यस्तै पर्यटनको विस्तारका लागि हामीले व्यास परासर एकीकृत विकास योजनाअघि सारेर त्यसको गुरुयोजना तयार गरिसकेका छौं । देवघाट क्षेत्र, दमौली व्यास परासर क्षेत्र, थानीकोस्थान, छाब्दी वराह, ढोरवराहा र क्यामिन कालिका, अजम्बरी देवी र थुमथुममा रहेका देवी स्थान र शिवालय अनि भगेर स्थानहरू हाम्रो संस्कृतिका अमूल्य निधिहरू छन् । अहिले हामी तिनको विकासमा लागेका छौं । व्यास परासर एकीकृत पर्यटन विकास कार्यक्रम अघि बढ्दैछ । गुरुयोजना तयार भइसकेको छ । विशेषगरी नेपाल र भारतका करोडौं हिन्दुहरूको आकर्षक तीर्थस्थल बनाएर तनहुँमा धार्मिक पर्यटनको विकास गर्न सकिनेछ । वेद व्यासको भव्य मूर्तिसहित व्यास गुफाको विकास त्यस क्षेत्रमा व्यास झुला, मत्स्यगन्धा सरोवर र सत्यवती बालउद्यानसहित अनेक हरियाली पार्कको निर्माणबाट दमौलीमा पर्यावरणीय सन्तुलनका साथै पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ ।

त्यसरी नै भानु जन्मस्थलको विकास गरेर नेपालभरिको ठूलो साहित्यिक तीर्थस्थल चुदीरम्घामा निर्माण हँुदैछ । रम्घा डाँडाको वारको पार लहरै नेपालका सात प्रदेश प्रतिविम्बित हुने सप्तधाम, नेपाल आमा भवन, रामायण भवन र मूर्धन्य साहित्यकारहरूका स्मारकहरूसहित भानु बगंैचा नाम दिएर ठूलो साहित्यिक तीर्थस्थलको निर्माण सुरु गरिएको छ । जस्ले गर्दा चुँदी क्षेत्रलाई एउटा विशिष्ट साहित्यिक पर्यटन गन्तव्यमा परिणत गर्नेछ । त्यस्तै पाल्पाबाट आएर सेनवंशी राजाले शासन चलाएको ऐतिहासिक तनहुँसुरको विकास गरी हाम्रो इतिहासको प्राचीन धरोहरमा हामी विचरण गर्न पुग्ने छौं र इतिहासको खोजकर्ताहरू र पुराना जमानाका जीवनशैली बुझ्न रमाउनेहरूका लागि ठूलो आकर्षणको केन्द्र र पर्यटन गन्तव्यका रूपमा हामी तनहुँसुरलगायतका ऐतिहासिक स्थलहरू, सहिद स्मारकहरू र अन्य प्राचीन महत्वका स्थलहरूको निर्माण कार्य अघि बढ्दैछन् ।

त्यसरी नै हाम्रा उच्च टाकुरा र डाँडाकाँडा अनि नदीनालाहरूको प्रयोग गरी हामी प्राकृतिक पर्यटनको विकास गर्दै छौं । छिम्केश्वरी, मिर्लुङकोट, रिसिङकोट, गलेखाम आदिको विकास तथा नदीहरूमा राफ्टिङको राम्रो प्रबन्ध गराई प्राकृतिक पर्यटनको विकास हामी गर्दै छौं ।
त्यस्तै हाम्रो जिल्ला संस्कृतिको पनि धनी छ । प्रसिद्ध कौरा नाच, मारुनी नृत्य, बालुन र झ्याउरे गीतको क्षेत्रमा पनि हामी धनी छौं । यिनको विकास र व्यवस्थापन गरी हामी सांस्कृतिक पर्यटन वृद्धि गर्न गइरहेका छौं । साथै रमणीय स्थानहरूमा खेलकुद मैदानहरूको निर्माण गराई सांस्कृतिक पर्यटनको साथै खेलकुद पर्यटनको अर्को पाटो विकसित गर्न हामी लाग्दै छौं ।

पोखरामा निर्माण हुन गइरहेको क्षेत्रीय विमानस्थलबाट खैरेनीटार दमौली हुँदै तनहुँतर्फ लक्षित गरी पृथ्वी राजमार्ग विस्तारको योजना पनि सुरु भएको छ । यसबाट पोखरामा ओर्लने विदेशी पर्यटक तनहुँ, लमजुङ, गोरखातर्फ आउन प्रेरित हुनेछन् । यसले पर्यटनको अझ वृद्धि भई हाम्रो जिल्लामा पर्यटन व्यवसाय फस्टाउनेछ र ठूलो मात्रामा रोजगारी सिर्जना हुनेछ ।

जलविद्युत्
त्यसरी नै ऊर्जा विकासको क्षेत्रमा पनि हामी विशेष प्रयास गरिरहेका छौं । सेती जलाशययुक्त आयोजनाका साथसाथै तल्लो सेती जलविद्युत् आयोजना सुरु गर्न मैले विद्युत् प्राधिकरणलाई प्रेरित गरेको छु । त्यसको काम पनि चाँडै सुरु हुँदैछ । नेपाल विद्युत् प्राधिकरणले त्यसको लाइसेन्स लिइसकेको छ । यो योजनाले देशलाई अतिरिक्त १०५ मेघावाट विद्युत् उपलब्ध गराउनेछ भने यो ऊर्जा शक्तिलाई हामी एक रासायनिक मल कारखाना तनहुँमै स्थापना गर्ने सक्नेछौं र ठूलो औद्योगिक विकाससँगै रोजगारी सिर्जना हुनेछ । तनहुँका अहिलेसम्म पछि परेका बन्दीपुर र दक्षिणको हाम्रो कछार क्षेत्र जगमगाउने छ र स्थानीय बासिन्दाको जीवनस्तर निकै माथि उठ्नेछ ।

शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण प्रगति हुँदैछ । गुणस्तरीय शिक्षामा तनहुँका दमौली, आँबुखैरेनी र दुलेगौंडालगायतकाका कतिपय सामुदायिक विद्यालय निजी क्षेत्रका विद्यालयभन्दा गुणस्तरीय शिक्षा दिन सफल हुँदैछन् । नमुना विद्यालयको योजना अघि बढ्दै छ । हालैमात्र सीटीईभिटीलाई मैले भनेर नारेश्वरटारमा प्राविधिक शिक्षा सुरु भएको छ । त्यस्तै विभिन्न विद्यालयमा प्राविधिक शिक्षा सुरु हँुदैछन् । जीवनोपयोगी शिक्षामा मेरो जोड रहेको छ । शीलवान् र सीपवान् नागरिक पेस गर्ने मेरो शैक्षिक उद्देश्य हो ।

खानेपानी
खानेपानीको क्षेत्रमा तनहुँमा उल्लेखनीय काम भएका छन् । खानेपानीका मूल र सहज स्रोत भए जति गाउँ ठाउँलाई खानेपानी उपलब्ध गराएर र सहज स्रोत नभएका ठाउँमा आकाशेखानेपानी संकलन योजना तथा लिफ्ट अर्थात् सौर्य ऊर्जा र विद्युत् ऊर्जावाट पनि तलबाट पानी तान्ने योजना सञ्चालन गराई सबैै गाउँवासीलाई खानेपानी दिने काम हामीले गरेका छौं । समग्रमा तनहुँ जिल्लामा भौतिक विकासको जुन जग बस्दैछ, जुन नयाँ काँचुली फेरिँदैछ त्यो नेपालकै लागि एउटा नमुना, एउटा दृष्टान्त र सबैका लागि प्रेरणादायी उदाहरण बन्नेछ ।

सामुदायिक पुस्तकालय छात्रवास
सामाजिक विकासका लागि सहकारी र सहशिक्षाका लागि तथा शिक्षण–प्रशिक्षण र बौद्धिक विकास, शारीरिक विकासका लागि गाउँगाउँमा सामुदायिक भवन, सहकारी भवन, पुस्तकालय भवन, छात्रावास भवनहरू निर्माण गरिएका छन् र यो चेतनाको स्तर उठाउने अनेक प्रयत्न भएका छन् । विशेषगरी महिलाहरूको सक्रियतामा भएका यस्ता कार्यहरू र युवाहरूको उत्साहमा उत्साह थप्न प्रशस्त आर्थिक सहयोग गरेको छु ।

तनहुँ जिल्लामात्र हैन पूरै नेपालका लागि विकासको रथ अघि बढाउन देशमा सुशासन र स्वच्छ प्रशासनको खाँचो छ। मेरो प्रयास त्यतातर्फ पनि केन्द्रित छ । भ्रष्टाचार, ढिलासुस्ती, कमिसनतन्त्र र नाफाखोरीको मैले सधैं विरोध गरेको छु । राजनीतिमा हुने विकृतिहरू, महँगो निर्वाचनले लोकतन्त्रनै घायल हुन्छ र मुलुकको विकास नै अवरुद्ध हुन्छ भन्ने धारणा मैले सदैव राख्दै आएको छु । सामाजिक न्यायसहितको आर्थिक समृद्धि मेरो अर्थ राजनीति हो । लोकतन्त्र रक्षा गर्ने र स्वतन्त्र र समतामूलक समाज साकार पार्ने मेरो जीवनको लक्ष्य हो । प्रजातान्त्रिक समाज भनेर मैले “निमुखालाई न्याय र विपन्नलाई आय” भन्ने बुझेको छु र त्यही वाटोमा म देशलाई हिँडाउन चाहन्छु ।

सम्पूर्ण नेपालमा एक सहर एक पहिचान बनोस् भन्ने मेरो सोच रहेको छ । यस सोचअन्तर्गत यस क्षेत्रलाई मेडिकल र शैक्षिक क्षेत्रको रूपमा विकास गर्ने दीर्घकालीन सोच रहेको छ भने सम्पूर्ण तनहुँ जिल्ला कृषि, पर्यटन, संस्कृति र शैक्षिक गन्तव्य बनाउने रणनीतिक योजनाका साथ मैले कार्य गर्ने लक्ष्य लिएको छु । यस धारणाका साथ अव देशको विकास र तनहुँको विकास चमत्कारिक ढंगले अगाडि बढ्नेछ भनेर म सबै जिल्लावासीलाई आह्वान गर्न चाहन्छु– यसपालिको आमचुनावमा निर्धक्क भएर रूख चिन्हमा मतदान गर्नुहोस् । अब हाम्रा राम्रा दिन आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्