Logo

चालकको लापरबाहीले भएका ७ ठूला दुर्घटना


काठमाडौं ।  नेपालमा बर्सेनि दुई हजारभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। सवारी दुर्घटनामा ठूलो जनधनको क्षति भए पनि यसको न्यूनीकरणमा राज्यपक्ष उदासीन छ।दुर्घटना हुनेबित्तिकै केही समय राजनीतिक, प्रशासनिक क्षेत्र तातेजस्तो देखिन्छ तर त्यो धेरै टिक्दैन। दुर्घटनाको पूर्ण नियन्त्रण असम्भव भए पनि सक्नेसम्मको नियन्त्रणका लागि ठोस पहल हुँदैन।
चालकको लापरबाही, तीव्र गति, खचाखच यात्रु, ओभरटेक, सडकको भौतिक अवस्था, यान्त्रिक गडबडीजस्ता कारणले दुर्घटना हुने गरेका छन्। यीमध्ये ‘चालकको लापरबाहीु लाई दुर्घटनाको मुख्य कारक मान्ने गरिएको छ।
सरकारी तथ्यांक हेर्दा गत वर्ष सडक दुर्घटनाबाट दुई हजार ४४ जनाले ज्यान गुमाए। ०७२ मा एक हजार सात सय १४ जनाले ज्यान गुमाए। गत वर्षको १० हजार १३ वटा दुर्र्घटनामध्ये सात हजार चार सय ८७ दुर्घटना चालककै लापरबाहीले भएको देखिन्छ।
प्रहरी प्रधान कार्यालयको ट्राफिक प्रहरी निर्देशनालयका अनुसार कुल दुर्घटनाको ७३।६ प्रतिशत चालकको लापरबाहीले भएको देखिन्छ। त्यस्तै, तीव्रगतिका कारण १३।७ प्रतिशत दुर्घटना भएको छ। शनिबार बिहान राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्नुमा पनि यिनै दुई कारण रहेको अनुमान गरिएको छ।
यातायात व्यवस्था विभागका अनुसार १० वर्षमा झन्डै पाँच गुणा सवारीसाधन थपिएका छन्। ०६३ मा नेपालमा कुल सवारीसाधन संख्या ६ लाख २६ हजार एक सय ७४ थियो। १० वर्षपछि यो संख्या पाँच गुणा बढेर ०७३ मा २७ लाख ८३ पुगेको छ। त्यसमध्ये यात्रुवाहक र मालवाहक अधिकांश सवारीसाधन काठमाडौंलाई मुख्य केन्द्र बनाएर सञ्चालन हुन्छन्। सवारीसाधनको अनुपातमा सडकको भौतिक अवस्थामा भने कुनै परिवर्तन आएको देखिँदैन।
विभागका प्रवक्ता टोकराज पाण्डेले दुर्घटना न्यूनीकरणमा सरकार लागिपरे पनि चालकमा चेतना नआएसम्म सफलता हात नपर्ने बताए। उनले भने, ‘पहिला त चालक जिम्मेवार हुनुपर्‍यो। लामो दूरीमा सवारी हाँक्ने अनुभव छ, चलाएको पनि देखिन्छ तर कहिलेकाहीँ बुद्धि नपुर्‍याउँदा दुर्घटना हुन्छ।ु
उनले सवारीसाधनको अनुपात र सडकको भौतिक पूर्वाधारले मेल नखाँदा दुर्घटना नरोकिएको बताए।
खै चालकलाई शिक्षा रु
नेपालमा चालकलाई शिक्षा दिने काममा पनि राज्यस्तरबाट चासो छैन। यातायात व्यवस्था विभागको निर्देशिकाभित्र परे पनि सरकारले चालकलाई शिक्षा दिन कुनै प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन। केन्द्रमा मापसे गर्ने र लेन अनुशासन कायम नगर्ने सवारी चालकलाई एक घन्टाको कक्षा ट्राफिक प्रहरीले लिँदै आएको छ। जिल्लाबाहिर त्यो व्यवस्था छैन।
बरु सम्बन्धित सवारी व्यवसायी समितिलाई नै चालकलाई शिक्षा दिन निर्देशित गर्दै आएको छ। विभागका प्रवक्ता डा।टोकराज पाण्डे भन्छन्, ‘शिक्षा दिनेभन्दा पनि लिने हो। चालक आफैंले पनि नैतिक शिक्षा ग्रहण गर्नुपर्छ। घोकाएर मात्रै पनि हुँदैन।ु विभागले स्रोत(साधनले भ्याएसम्म चालकलाई शिक्षा दिँदै आएको छ।
यस्ता छन् ठूला दुर्घटना
♦ ०७३ साउनमा धनकुटा परेवादिनमा बस दुर्घटना हुँदा १५ को मृत्यु
♦ साउनमै मकवानपुर मनहरीमा दुई बस जुध्दा ९ जनाको मृत्यु
♦ साउनमै काभ्रेको देउराली खहरेमा बस दुर्घटना हुँदा २७ को मृत्यु
♦भदौमा नारायणगढ-मुग्लिङ सडकखण्डस्थित कालीखोलामा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु
♦ भदौमै अर्घाखाँची हंसपुर ठूलोपैरोमा जिप दुर्घटनामा १२ को मृत्यु
♦ असोजमा धादिङ, आँखुखोलामा बस खस्दा १९ जनाको मृत्यु
♦फागुनमा जाजरकोटस्थित भेरीमालिकामा बस दुर्घटना हुँदा २६ को मृत्यु

आव ०७१/७२
दुर्घटना संख्या – १४,१४४,
मृत्यु -२,१३७,
सख्त घाइते -४,२८७,
सामान्य घाइते-११,७६९

आव ०७२/७३
दुर्घटना संख्या -१५,३४२,
मृत्यु -२,१५०
सख्त घाइते -३,५८५
सामान्य घाइते- ११,०२३

आव ०७३/७४
दुर्घटना संख्या – १४,७०४
मृत्यु -२,१४२
सख्त घाइते -४,३७४
सामान्य घाइते -१२,१११

अन्नपुर्णपोष्टमा सुवाष गोतामे लेख्छन्

प्रतिक्रिया दिनुहोस्