Logo

हुने भो बर्दिया १ मादुई गौतमबीचमा भीडन्त


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमसंग नेपाली कांग्रेसका युवा नेता तथा सिचाई मन्त्री संजय गौतम उम्मेदवार बन्ने भएका छन् ।

बर्दियाको राजनिति सरल र इमान्दार मानिने मन्त्री गौतमको लोकप्रियतासंग एमाले डराएको स्थानिय नेताहरु बताउछन् । काग्रेस पुर्ब सभापति शुशिल कोइरालाका अनुयायी गौतमलाई टक्कर दिन एमालेले नेता बामदेव गौतम मैदानमा उत्रिएका छन् । यससँगै बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई गौतमबीचमा भीडन्त हुने भएको छ ।

बर्दिया क्षेत्र नम्बर १ बाट नेकपा एमालेका बामदेव गौतम र नेपाली कांग्रेसका युवा नेता तथा सिचाई मन्त्री संजय गौतम उम्मेदवार बन्ने भएका छन् । एमालेले उपाध्यक्ष बामदेवलाई उठाउने तयारी गरिरहँदा कांग्रेसका नेता संजयले आफु पनि गृहजिल्ला बर्दिया १ बाट नै चुनाव लड्ने स्पष्ट पारेका हुन् ।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता संजयले बामदेव गौतमलाई आफूले पराजित गर्ने दाबी समेत गरे । बामदेव गौतमलाई संकेत गर्दै संजयले भने, ‘राम्रै मान्छेसँग प्रतिस्पर्धा हुँदैछ । जनताले मलाई जिताउनेछन् ।’

त्यस क्षेत्रका जनता र माटोसँग आफू दशकौँदेखि खेल्दै आएको बताउँदै नेता संजयले त्यस क्षेत्रका जनताको चाहना र आवश्यकता बुझेको बताए ।

प्रतिक्रिया दिनुहोस्