कांग्रेसले छान्यो थप सातजना प्रतिनिधिसभाका उम्मेदवार, को कहाँ ?
प्रकाशित मिति : 30 October, 2017
प्रकाशित मिति : 30 October, 2017

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले थप सातवटा निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभाका उम्मेदवारको टुंगो गरेको छ ।
नेपाली कांग्रेस संसदीय समितिको जारी बैठकले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणलाई कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि उठाउने निर्णय गरेको छ ।
त्यसैगरी यसअघि समानुपातिकमा राखिएका नेता कृष्ण सिटौलालाई झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उठाउने निर्णय कांग्रेसले गरेको छ ।
कुन क्षेत्रबाट कसलाई टिकट
कृष्णप्रसाद सिटौला–झापा क्षेत्र नम्बर ३
महालक्षमी डिना उपाध्याय– मकवानपुर क्षेत्र नम्बर २
अम्बिका बस्नेत–काठमाडौँ क्षेत्र नम्बर ३
सीता गुरुङ– तेह्रथुम
आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५
डा. रामबहादुर बिसी अर्घाखाँची
चन्द्र भण्डारी गुल्मी क्षेत्र नम्बर १
प्रतिक्रिया दिनुहोस्