कमलादीमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ
प्रकाशित मिति : 1 November, 2017
प्रकाशित मिति : 1 November, 2017

काठमाडौं । कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ ।
महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले बिकासटाइम्सलाई लाई दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भने सोही हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम गरेका भारतीय पेस्तोल र गोलीसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो।
प्रहरीका अनुसार उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ। प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।
प्रतिक्रिया दिनुहोस्