Logo

‘कम्युनिष्ट सरकार बनाउने सपना जनताले चकनाचुर पारिदिन्छन् ’


मोरङ । नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको टिप्पणी गर्नुभएको छ । बिराटनगरमा रहेको आफ्नै निवासमा आज बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको बन्न नसक्ने दाबी गर्नुभएको हो ।

नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताउनुभयो ।

एमाले र माओवादी पार्टीले निर्वाचनपछि वहुमत ल्याएर सरकार बनाउने र राष्ट्रपतीय प्रणालीमा मुलुकलाई लैजाने योजना बनाएको आचार्यको दाबी छ । तर साम्यवाद ल्याउने उनीहरुको सपना कांग्रेसले पूरा हुन नदिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्