कांग्रेस उम्मेदवारले चुनाव जिते तलबभत्ता गाउँकै विकासमा लगाउने
प्रकाशित मिति : 4 November, 2017
प्रकाशित मिति : 4 November, 2017

सोलुखुम्बु । सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताउनुभएको छ ।
नेपाली काँग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताउनुभएको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर आफ्नो लागि केही कमाउ भन्ने सोच नभएको बताउनुभयो ।
आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै उहाँले भन्नुभयो, “मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु ।”
उहाले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्