Logo

विराटनगरलाई देशकै नमूना शहर बनाउने शेखरको उद्घोष


मोरङ । नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोईरालाले कूनै समय राजनीतिको राजधानी बनेको बिराटनगरको पूरानो साख फर्काउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेता कोईरालाले मूलूक, राष्ट्रियता, लोकतन्त्र र सार्वभौमिकता जोगाउँन पनि काँग्रेसले जित्न अनिवार्य भएको बताए । उनले लोकतन्त्र समाप्त गरेर मूलूकलाई निरंकुश कम्यूनिष्ट अधिनायकबादतर्फ लैजान लागिपरेको बताउँर्द कार्यतकर्तालाई निर्वाचनमा कटिबद्ध भएर लाग्न आग्रह गरे ।

नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ ले बिराटनगरमा आयोजना गरेको अगूवा कार्यकर्ता भेलालाई संबोधन गर्दै डा कोईरालाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज खोल्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौला, काँग्रेस युवा नेता रमेशजंग रायमाझी, मोरंग क्षेत्र नं ६ का प्रदेशसभा उम्मेदवारहरू चूमनारायण तब्दार प्रदेश क, केदार कार्की प्रदेश ख लगायतले विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्