ग्लोबल आईएमई लघुवित्तले १०५ रुपैयाँ नगद लाभांश दिने

ग्लोबल आईएमई लघुवित्तले १०५ रुपैयाँ नगद लाभांश दिने


काठमाडौं ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

लघुवित्तको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई करसहित १०५ नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।