Logo

उम्मेदवारको अन्तिम नामावली सहित चुनाव चिन्ह आज प्रदान गर्ने


काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ ।

आयोगले आज अन्तिम नामावली प्रकाशन गरी आजै उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुअघि दिउँसो एक बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यस्तै १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र ३ देखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी भएको उहाँले बताउनुभयो ।

शनिबार उम्मेदवारविरुद्ध परेको दाबी विरोधमा अनुसन्धान गरेको आयोगले आइतबार उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशन गरीचुनाव चिन्ह दिन लागेको हो ।

आयोगमा परेको १० उजुरी मध्य दाबी विरोधको पुष्टि भएकाले ६ जना उम्मेदवारी खारेज गरिएको र ४ जना विरुद्ध परेको उजुरी खारेज गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्