लुम्बिनी विकास बैंक र छिमेक लघुवित्तले घोषणा गरे लाभांश

लुम्बिनी विकास बैंक र छिमेक लघुवित्तले घोषणा गरे लाभांश


काठमाडाैं ।

लुम्बिनी विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेका छन् ।

मंगलबार बिहान बसेको लुम्बिनी विकास बैंक सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हाे ।

यस्तै, छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश दिने भएकाे छ । संस्थाकाे सञ्चालक समिति बैठकले सेयरधनीहरू ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।