Logo

मानेन कांग्रेसका सभापति देउवाको प्रस्ताव कांग्रेस वीपीले


काठमाडौं । नेपाली कांग्रेसबाट असन्तुष्ट भएका नेताहरुले गठन गरेको नेपाली कांग्रेस (वीपी) लाई सहमतिमा ल्याउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रसरता लिएका छन् ।

नेपाली कांग्रेसले वीपीको सिद्धान्त त्यागेको तथा पार्टीभित्र ईमान्दार नेता कार्यकर्ताको अवमूल्यन भएको भन्दै हरिबोल भट्टराईको अध्यक्षमा गठित नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा उम्मेदवार खडा गरेको छ । एकातिर वाम गठबन्धनको दवाव र अर्कोतिर कांग्रेसबाटै असन्तुष्ट भएर बनेको नेपाली कांग्रेस ९वीपी० ले पनि आफ्नै उम्मेदवारको मत काट्ने देखिएपछि देउवाले सहमतिको पहल गरेका हुन् ।

नेपाली कांग्रेस वीपीका नेताहरुले उठाएका विचारलाई छलफलमा लैजाने, सबै तहका नेताहरुलाई उचित भूमिका दिने सहितका बुँदामा देउवा सकरात्मक देखिएका छन् । बालुवाटारमा शुक्रबार साँझ नेपाली कांग्रेस र नेपाली कांग्र्स (वीपी) का शीर्ष नेताबीच छलफल भएको थियो । छलफलको सुरुमै भावुक रुपमा प्रस्तुतहुदै सभापति देउवाले पार्टी सञ्चालनका क्रममा भएका कमजोरी प्रति माफी माग्दै लोकतन्त्र नै संकटमा परेको बेला स्नदेश नराम्रो जाने भन्दै सहमतिका लागि आग्रह गरेका थिए । देउवाले देशैभरीको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए ।

नेपाली कांग्रेस (वीपी) का नेताहरुले भने कांग्रेसको यस्तो अवस्था आउनुमा आफूहरु दोषी नरहेको भन्दै यथास्थितिमा सहमतिको सम्भावना नरहेको बताएका थिए । नेपाली कांग्रेस वीपीका महामन्त्री पुष्प पराजुलीले बैठकमा सहमति गर्ने भए आफ्ना सभापति हरिबोल भट्टराईको उम्मेदवार कायम राख्ने र अन्य सम्झौता कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता चाहिने बताएका थिए । कांग्रेस सभापति देउवाले सबै क्षेत्रका उम्मेदवार फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेपछि नेपाली कांग्रेस वीपीका नेताहरु यथास्थितिमा सहमतिको पहल नगर्न देउवालाई आग्रह गर्दै बालुवाटारबाट बाहिरिए । स्रोतका अनुसार सभापति देउवाले प्रकाशमान सिंह र गोपालमान श्रेष्ठको क्षेत्रबाट भएपनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर आफ्ना केन्द्रीय सभापति हरिबोल भट्टराई नै काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेको भन्दै फिर्ता लिन कांग्रेस वीपीले अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्