मतदाताले सोधे लालबावुलाई फर्जी लालपूर्जा बाँडेर भोट माग्ने
प्रकाशित मिति : 12 November, 2017


सुकुम्वासी आयोगको अध्यक्ष रहदा लालवावुले फर्जी लालपूर्जा वितरण गरेको रहस्य खुल्यो एमालेका सुकुम्वासी नेता लालवावु पण्डितसँग उनकै क्षेत्रका सुकुम्वासी मतदाताहरु आक्रोसित देखिएपछि एमाले मोरङ आत्तिएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ९ महिने शासनकालमा सकुम्वासी आयोग मोरङको अध्यक्ष रहदा उनले विपन्न परिवारमा वितरण गरेको फर्जी लालपूर्जाले डंग्राहाका स्थानीयहरु चिन्तित देखिएका छन । मोरङ ६ मा पर्ने बुढीगंगा गाउँपालिका —७ साविक डंग्राहामा बसोवास गरिरहेका १ सय ५० घरधुरीलाई लालवावुले जग्गा धनी लालपूजा वितरण गरे । पूर्जामा त्यो लालपूर्जाले लामो समय सकुम्वासीलाई निकै राहतको महशुस भएको थियो ।
धेरै दिनपछि फुसको घरमा टिना लगाउन सहकारीमा ऋण लिन जादा सकुम्वासीहरुले पूर्जा फर्जी रहेको थाहा भयो । उनको पूर्जा फर्जी भेटिएपछि अरु सकुम्वासीले पनि पूर्जा नक्कली वा सक्कली हो भनि मालपोतमा ढट्टा भिडाउदा अभिलेख भेटिएन । १ सय ५० सकुम्वासीहरुकै अभिलेख मालापोतमा नभेटिएपछि उनीहरु निराश छन । लालपूर्जा पाएका स्थानीय ठकुप्रसाद वाँतरले भोटको लागी आफुहरुलाई एमाले नेता लालवावुले झक्याएको आरोप लगाए । उनले ८ घुर जमिन पाएकोमा धेरै खुशी थिए । १ टुक्रा जमिन पाएको भन्दै उनले पूर्जालाई बासकमा सुरक्षित राखेका थिए । एमालेलाई उनले भोट हालेको सुनाए । वाँतरले भने , म मात्र होइन डंग्राहामा वितरण गरिएको १ सय ५० घरपरिवारको लालपूर्जाको कुनै अभिलेख कार्यालयमा भेटिएको छैन ।
वडा न —७ का करिव ५ सय सुकुम्वासी मध्ये केहीलाई त्यो वेला पूर्जा वितरण गरिएको थियो । ऐलानी जग्गा र नहरको डीलमा उनीहरु बस्दै आएका छन । गरिव जनतालाई झुक्याएर एमालेले भोटको राजनीति गरेको स्थानीयवासी जयप्रकाश सरदारले आरोप लगाए । यता एमाले मोरङले मोरङ ६ मा सयौ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको दावी गरेको छ ।
०५२ साल जेष्ठ ३१ गते वितरण गरिएको लालपूर्जामा तत्कालीन अध्यक्षको हैसियतले लालवावुको दस्तख्त छ । मोरङ ६ बाट बामगठबन्धनको उम्मेदवार बनेपछि सकुम्वासीहरुले यो मुद्धालाई उठान गरेका हुन । सोझा , साझा जनतालाई भ्रममा पारेर लालवावुले त्यहीवेलादेखी भोटको राजनीति गरेको वुढीगंगाका कांग्रेस नेता जितु थापामगरले आरोप लगाए । लालवावु भोट माग्न आउदा फर्जी लालपूर्जा उनलाई नै फिर्ता गर्ने तयारी सकुम्वासीहरुको छ । सरदारले भने , फर्जी लालपूर्जा जम्मा भैरहेको छ , सवै सकुम्वासीले जम्मा गरेपछि लालवावुलाई फिर्ता गरिदिने छौ ।