अध्यक्ष फेरिएसँगै सेयर बजारमा उछाल, सवा ४ अर्बको कारोबार

अध्यक्ष फेरिएसँगै सेयर बजारमा उछाल, सवा ४ अर्बको कारोबार


काठमाडौं ।

सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो ।

मंगलबार ३३.६४ अंकले बढेको सेयर बजार १९८२.२२ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९६ कम्पनीको ९४ हजार २८५ पटक भएको कारोबारमा १ करोड २३ लाख १९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड १७ लाख ८२ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २०८ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने ५ वटाको सेयर मूल्य स्थिर रहेको छ ।

यसअघि आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो । यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।

आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले ओरालो लागेको १९४८.५७ विन्दुमा पुगेर बन्द भएको थियो । यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको थियो ।

हिजोमात्र अर्थमन्त्री प्रकाशशरण महतले नेप्सेको अध्यक्ष फेरेका छन् ।

सोमबार अर्थमन्त्री डा.महतले नेप्सेका अध्यक्ष भुपाल बराललाई फिर्ता बोलाएर भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई नेप्सेको अध्यक्ष बनाएका थिए ।

यस्तै नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जामा नरम देखिएसँगै दोस्रो बजार आइतबार सकारात्मक बनेको थियो। सोमबार करेक्सन देखिए पनि बजारले मंगलबार गति लिएको छ। अब बजार विस्तारै उचाइतर्फ नै लाग्ने विश्लेषकहरू बताउँछन्।