Logo

डा कोइरालाले नवलपुरमा भने- जीवन तपाईहरुको सेवामा सुम्पिन्छु


गैंडाकोट। गैंडाकोट नगरपालिका वडा न २ को चुनावी प्रचार प्रसार तथा सम्पर्क कार्यलय उद्घाटन कार्यक्रम गैंडाकोट २ भृकुटी चोकमा नेका महामन्त्री डा सशांक कोइरालाको प्रमुख आतिथ्य मा क्षेत्र नम्बर १क का उमेदवार कृष्ण चन्द्र नेपाली ,समानुपातिक उमेदवार बालकृष्ण बकावल ,महासमिति सदस्य मदनभक्त अधिकारी लगाएतको उपस्थिती थियोे ।

सो क्रममा नेपाली कांग्रेस क्षेत्रीय सदस्य अमृत श्रेष्ठले वडा न २ को समस्या र समाधान गर्नुपर्ने बिषयमा ध्यानाकर्षण गराउनु भएको थियोे ।जसमा सुकुम्बासी समस्या ,बाटो ,ढल भृकुटी कागजकारखानाको समस्या कृयापुत्री भवन निर्माण निरन्तरता, स्कुल लगाएतका क्षेत्रलाई ध्यान दिनुहुन उमेदवार लाई अनुरोध गर्नु भयो ।

सोही क्रममा बक्ता बेदप्रसाद गौडेलले सशांक कोइराला लाई बाहिर को भएको भन ्ने मित्रहरूलाई आफ्नो पार्टी र सिद्धान्त नै बिदेशबाट आएको भुल्नु भएको बताउनु भयो ।उमेदवार कृष्ण चन्द्र नेपालीले नेपालीहरुको सफल भबिस्यको सुनिश्चितता यदि कुनैले गर्छ र गर्न सक्छ भने त्यो नेपाली कांग्रेस मात्र भएको बताउनु भयो ।

बाम गठबन्धन के पि र प्रचण्ड को मात्र भएको हुँदा मंसिर २१ पछि टुट्ने ठोकुवा गर्दै साढे पाच अर्ब रुपैयाँ कालीगण्डकी करीडोरलाई सशांक कोइरालाको पहलमा छुट्याई काम भैरहेको योलगाएतका अन्य कार्य सम्पन्नता का निमित्त पनि नेपाली कांग्रेसलाई बिजयी गराउनु पर्ने बताउनु भयो ।

गैंडाकोटको नारायणी तटमा अत्याधुनिक सबगृह बनाउने ,सुकुम्बासी समस्या सुल्झाउने ,निर्वाचीत भएको छ महिना भित्र भृकुटी कागजकारखानाको समस्या सुल्झाउदै उधोग हटाउने र तलब नपाएका कर्मचारी लाई तलब दिलाउने ,साथै उक्त थलोलाई मेडिकल सिटि अथवा रंगशाला निर्माण गर्ने ,गुम्बा मन्दिरलाई ब्यबस्थित गर्ने ,युवा रोजगार र महिला स्वरोजगारको लागी प्रान्तीय सरकारले पहल गर्दै आर्थिक क्रान्ति गर्ने बताउनु भयो ।

त्यस्तै प्रमुख अतिथी कोइरालाले देश र यश ठाउँको बिकासका निमित्त नेपाली कांग्रेसलाई मतदान गर्न अनुरोध गर्दै तपाई आफैं सशांक कोइराला म नै हो भन्दै भोट माग्नुहोस अबको २५ दिन मलाई दिनुहोस् म तपाईहरुलाई ५ बर्ष मात्र नभई जिबन दिन्छु भन्नू भयो । सो कार्यक्रममा दर्जनौ अन्य दलमा आस्थावान जनताहरु नेपाली कांग्रेसमा प्रबेस गरेका थिए ।कार्यक्रम वडा सभापति इश्वर रीमालको सभापतित्वमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्