Logo

गणतन्त्रपछि एमाले माओवादी २२६६ सत्तामा, ८४४ दिनमै कांग्रेसले बनायो संविधान


काठमाडौं । केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गर्‍यो । वामपन्थी गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा पाँच वर्ष स्थिर सरकार, १० वर्षभित्र २० हजार मेगावाट विद्युत्, प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थललगायतका विकासका कोरा सपना बाँडिएका छन् । नेपाली झन्डावाहक पानीजहाज चलाउने, राजधानीको चक्रपथमा विद्युतीय रेललगायतका ठूलाठूला सपना बाँडेको वाम गठबन्धनले विगतमा सत्ता चलाउँदा गरेका कामहरूको लेखाजोखा गर्ने हो भने निराशा वाहेक केही हात लाग्दैन । यसको लागि धेरै लामो इतिहासतर्फ फर्किनु पर्दैन ।

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको २०६४ सालयताको समयावधिलाई केलाएमात्रै वाम गठबन्धनले कति काम गर्छ, कति कोरा सपना बाँड्छ प्रष्ट हुन्छ । तथ्यांकलाई हेर्ने हो भने २०६४ सालको पहिलो संविधानसभा गठनपछि हालसम्मको अवधिमा वामपन्थीहरू (कांग्रेस र एमाले) ले सर्वाधिक २२ सय ६६ दिन सत्ताको बागडोर सम्हाल्ने अवसर प्राप्त गरे ।

यो अवधिमा नेपाली कांग्रेसले जम्मा ८ सय ४४ दिन र गैरदलले ३ सय ३४ दिन सत्ता सम्हालेको तथ्यांक छ । यसैगरी एमाले र माओवादी मिलेर ६६५ दिन सरकार चलाए । तर वामपन्थीले नेतृत्व गरेका विगतका सरकारका कार्यकाललाई हेर्ने हो भने विकास र समृद्धिका लागि सिन्कोसमेत भाँच्न सकेको देखिँदैन । विकास र समृद्धि त परै जाओस् संविधानसभाबाट संविधान निर्माण गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने घोषित राष्ट्रिय मिसनलाई समेत अलपत्र पार्ने काम गरिएको पाइन्छ । संविधान निर्माण र त्यसको कार्यान्वयनको काम ८४४ दिन शासन सम्हालेको नेपाली कांग्रेसबाट मात्रै सम्भव भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्