Logo

बाजुरामा एमालेमा पहिरो, एमाले कार्यकर्ताहरु काँग्रेसमा


बाजुरा । बाजुरामा नेकपा एमालेका वडासदस्यसहित चार दर्जन नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसले गरेको छेडेदह गाउँपालिकाको चुनावी आमसभामा एमाले परित्याग गरी बुढीगंगा नगरपालिका वडा नं ८ का सदस्य प्रेम ल्वार र नगर कार्य पालिका सदस्य बुक्ची सार्की काँग्रेसमा प्रवेश गरेका हुन् ।

ल्वार र सार्कीसहित सहित ४५ जना काँग्रेसमा प्रवेश गरेको बाजुरा काँग्रेसले जनाएको छ ।

बिहिबार काँग्रेसको त्रिवेणी नगरपालिकामा पर्ने मौरेमा आमसभा हुँदैछ ।

सभालाई काँग्रेस केन्द्रीय सदस्य तथा चुनाव प्रचार उप संयोजक बद्री प्रसाद पाण्डेले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्