Logo

एमाले नेताको ठगी, बैंकिङ अपराधमा मुद्धा चल्यो


रसुवा । सूर्यचन्द्र कन्स्ट्रक्सन कम्पनीका सञ्चालक एवं रसुवाबाट निर्वाचित एमालेका पूर्व सांसद जर्नादन ढकालले ठगी गरेको प्रमाण भेटिएको छ ।

व्यवसायिक कामका दौरान जनार्दन ढकालको कम्पनीका लागि आर बी ईट्टा उद्योगले ईटा सप्लाई गरेवापत पाउनुपर्ने रकममा ठगी गरेकाले उनी विरुद्ध रुपन्देही जिल्ला अदालतमा ठगी मुद्धा दायर समेत भएको छ । आर बी ईट्टा उद्योग बुटवलका सञ्चालक गोविन्द रावलले जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर गरेका हुन् ।

ढकालको कम्पनीले बाउन्स चेक दिएर आफ्नो भुक्तानी नगरेको तथा बैकिंङ कसुर गरेको आरोप मुद्धामा लगाइएको छ । २०७३ साल बैशाख दिइएको चेक अहिलेसम्म साटिएको छैन । बारम्बार सम्पर्क गर्दा आश्वासन दिने, पैसा तिर्ने कुनै अग्रसरता नदेखाउने र सम्पर्कबाटै टाढिएपछि बाध्य भएर मुद्धा दायर गरेको पीडित रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्