सुर्तीजन्य पदार्थ बेचे पसल बन्द गर्ने महानगरको चेतावनी

सुर्तीजन्य पदार्थ बेचे पसल बन्द गर्ने महानगरको चेतावनी


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले महानगरभित्र मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले त्यसका लागि महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने जानकारी दिए ।

अनुगमनका लागि महानगरले महानगरका ४ क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ ।

त्यस्तै महानगरले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए उक्त स्थानबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिवाना गराउने छ । सार्वजनिक स्थलको एकसय मिटर वरिपरि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न समेत नपाइने महानगरले जनाएको छ ।

महानगरले यसअघि प्लाष्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थ विक्री वितरणमा निषेध गर्ने सूचना जारी गरेको थियो ।

काठमाडाँै महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ सुर्तीजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार यो व्यवस्था लागु गर्न लागेको महानगरले जनाएको छ ।