Logo

मोरङमा कांग्रेस जिताउन शेखर कोइराला दिनरात खटिए


मोरङ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला मोरङको क्षेत्र नं. ६ का उम्मेदवारको रुपमा छन् । उनी अहिले मोरङ क्षेत्र नं. ६ का विभिन्न क्षेत्रहरुमा घर दैलो कार्यक्रममा व्यस्त छन् । हुन त उनी असार–साउनमा गएको बाढी पहिरोमा पनि निरन्तर रुपमा खटिएर सर्वसाधारणसँग साक्षात्कारमा थिए । त्यत्तिखेर समाजसेवामा तल्लित कोइराला अहिले भोट माग्न व्यस्त छन् ।

उनी शनिबार मोरङ क्षेत्र नं. ६ अन्तर्गत विराटनगरका विभिन्न स्थानमा घुम्ने कार्यक्रम रहेको छ । उनको निजी सचिवालयका अनुसार डा. कोइराला बिहान ८ बजे बरम्पुरामा पुगिसक्नु भएको छ भने त्यहाँको कार्यक्रम सकेर लालीगुराँस मा पुग्ने कार्यक्रम रहेको छ । यसैगरी साढे १० बजे रामपुर चोक, एक बजे अनामनगर, तीन बजे अभिरामचोक, चार बजे बुद्धचोक र पाँच बजे स्वागत चोक पुग्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

शुक्रबार उनी मोरङ बुढिगंगा गाँउपालिकाको नयाँ बस्तीमा भएको चुनावी कोणसभामा सम्बोधन गरेका थिए । नवप्रवेशीलाई टिका लगाएर पार्टी प्रवेश गराउँदै उनले कोणसभामा भाग लिएका थिए । उम्मेदवारहरुले भोजभतेर गराउँदै हिडेको बेला डा. शेखरले भने आफ्नो चुनावी कार्यक्रमहरु चिउरा र भुजिया खुवाउँदै आएका छन् ।

दौडिरहेका डा. काईरालाले चिउरा र भुजिया खाँदै चुनावी अभियानमा लागेका छन् । उनी भन्छन् ‘मेरा लागि दिनरात खटिने कार्यकर्ताहरु चिउरा भुजिया खाने, मैले चाँही चौरासी व्यञ्जन खान मिल्दैन । मेरा कार्यकर्ताले जे खान्छन म पनि त्यही खान्छु ।’

हुन त माओवादीमा राम्रै पहुँच बनाएका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको कारण पनि नेपाली कांग्रेस हौस्सिएको छ । अखिल नेपाल क्रान्तिकारी संघ ई–रिक्सा चालक संघका सम्पूर्ण पदाधिकरीहरु कांग्रेसमा प्रवेश गरेका थिए । एक सय २७ जना नवप्रवेशीहरुलाई डा शेखर कोइरालाले अविर लगाएर स्वागत गरेका थिए । त्यसैगरी विराटनगर ७, ११ र १२ वडाका करिव ८ सय एमाले र माओवादीका कार्यकर्ताहरु दुई साता अघि कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

कांग्रेस वाहुल्य क्षेत्र रहेको मोरङ ६ साविक क्षेत्र न ७ वाट डा कोइराला दुई पटक संविधान सभाको निर्वाचनमा विजयी भैसकेका छन् । डा कोइरालाले मोरङ ६ का मतदाता विच १७ वुँदे प्रतिवद्धता राखी भोट मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्