जनकपुरमा विकासको ढोका खोल्न आफ्नो उम्मेदवारी: निधि
प्रकाशित मिति : 18 November, 2017

काठमाडौ। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरलाई सांस्कृतिक, धार्मिक, शैक्षिक केन्द्र बनाउने बताउनुभएको छ ।
धनुषाको मुखियापट्टि मुसरनियामा आयोजित चुनवीसभामा बोल्दै नेता निधीले समग्र जनकपुरको विकासको ढोका खोल्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश नम्बर २ लाई व्यापारिक क्षेत्र बनाउने भन्दै यसमा सबैको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै नेता निधी आसन्न निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले काँग्रेसले मुलुकको राजनितिक स्थायित्व कायम गरेको भन्दै अब विकासको गति अघि बढाउन काँग्रेस नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,”संविधान निर्माणको काम पनि कांग्रेसको नेतृत्वमा भएको र कार्यान्वयनको पक्षमा पनि काँग्रेस गम्भीर भएको छ । ”
मधेशका जनताको अधिकारलाई कुन्ठीत गरेर सविधान संशोधनको विपक्षमा एमाले उभिएको भन्दै जनताको अधिकारमाथि खेलवाड नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।