प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघात द्वारा निधन
प्रकाशित मिति : 19 November, 2017

प्रकाशित मिति : 19 November, 2017

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्