Logo

प्युठानको विकाश र डा गोविन्द राज पोखरेल


ई.मदन बाबु पुरी,

 

मुलुक यतिखेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएकोछ ।निर्वाचनको जितलाई आफ्नो पोल्टामा पार्न विभिन्न राजनीतिक शक्तिहरु प्रतिष्पर्धामा छन् । चुनावी प्रसार÷प्रचार व्यापक चलिरहँदा स्थानिय जनताले आफ्नो क्षेत्रका उम्मेदवारहरुको कामहरुको मुल्यांकन पनि गरिरहेका छन् । अब जनताले झुटा आश्वासन नदिन पनि नेताहरुलाई चेतावनी दिएका छन्। मुलुकका अन्य क्षेत्रमा भन्दा फरक प्रतिस्पर्धा रहेको छ प्युठान जिल्लामा । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा उर्जा अर्थशास्त्र तथा बिकास बिज्ञको रुपमा परिचित प्रा डा. गोविन्द राज पोखरेल र जनमोर्चा नेपालका अर्धभूमिगत नेता मोहन सिंहको धर्मपत्नी दुर्गा पौडेलको बिचमा प्रतिश्प्रदा हुँदै छ । राजनैतीक रुपमा नेपालकै सचेत र अग्रगामी जिल्ला भएता पनि बिकासको हिसाबले धेरै नै पछाडि परेको जिल्लाको रुपमा प्युठानलाई लिने गरिन्छ ।म आँफै पनि ईन्जिनियर भएको नाताले पनि डा. पोखरेललाई धेरै समय पहिलादेखी चिन्दै र बुज्दै आएको छु। म आफु पनि प्युठानकै मतदाता भएकोले पनि किन डा. पोखरेल कम्तिमा यसपालीको निर्वाचनमा निर्बिकल्प उम्मेद्वार हुन, किन उनलाई अत्याधिक मतले बिजयी गराउनु पर्छ त्यस्को केही लेखाजोखा गर्ने प्रयास गरेको छु ।

सवभन्दा पहिला अहिलेको चुनाव किन हो बुज्नु पर्ने आवश्यकता छ। यदी यो चुनाव संबिधान बनाउने चुनाव भएको भए आफ्नो सिद्धान्त अनुसारको संबिधान वा राज्य पद्धती बनाउने आफ्नो पार्टी र बिचार  हेरेर भोट गर्नु पर्ने हुने थियो । अहिले चुनाबको न त संबिधान बनाउन हो नत राज्यको पद्धती परिवर्तन गर्न हो । देशले एक किसिमको  सबैको जित हुने खालको सँम्बिधान देशले पाइसकेको छ ।

अहिलेको चुनाब भनेको बिकास र सम्रिद्धीको लागि हो भनेर भन्दा अतियुक्ती नहोला। त्यसले अबको चुनाव भनेको कसले बिकासको सोच ल्याउन सक्छ, कसले जिल्लाको बिकासमा ठुलो योगदान दिन सक्छ भनेर बिचार  गर्नु पर्ने हुन्छ । बिकास गर्नु भनेको केन्द्रमा पहुंच भएर बजेट ल्याउन सक्नु मात्र होइन, यो जिल्लालाई आगामी ५ बर्ष, १० बर्ष र २० बर्षमा कहाँ पुराउने भनेर र कुन कुन क्षेत्रलाई प्राथमिकता राखेर काम गन्रे भनेर सोच र योजना बनाउन सक्ने ब्यक्तित्व निर्वाचित भएर जानु हो ? यस किसिमको सम्भावना कोरा राजनितिको नारा लागाउने बाट सम्भव छ हुन्छ कि, बिकास, उर्जा र अर्थशास्त्रको बिज्ञ, प्युठानको माटो माटो बुजेको र राष्ट्रिय योजना आयोगमा हुँदा बिकासको ढोका खोलेको ब्यक्ती डा. पोखरेलबाट हुन्छ? यस्को उत्तर सहज छ डा. पोखरेल ।

म आँफै पनि ईन्जिनियर र   प्युठान कै बासिन्दा भएको नाताले पनि डा. पोखरेललाई धेरै समय पहिलादेखी चिन्दै र बुज्दै आएको छु। डा. पोखरेल बिभिन्न क्षेत्रमा गरेका केही महत्पूर्ण कार्यहरु यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु ।

  1. डा. पोखरेल त्रिभुवन विश्वबिद्यालयमा प्रध्यापक भइसक्नु भएको ब्यक्तित्व हो । उहाले थापाथाली क्याम्पस, ईन्जिनियरिङ अध्ययन संस्थानको निमित्त क्याम्पस प्रमुख भएर काम मात्र गर्नु भएन नेपालमै पहिलो पटक औद्योगिक ईन्जिनियरिङको स्नातक तहको पढाई पनि सुरु गर्नु भयो । काठमाडौं उपत्यकामा संचालित सफा ट्यम्फो को बिकासमा पनि उहाको ठुलो योगदान छ ।
  2. उर्जा बिज्ञको रुपमा उहाले जाट्रोपा (कदम फल) बाट बायोडिजेल बनाउने, चिनी उद्द्योगबाट निस्कने एथानोल डिजेलमा मिसाउने तथा चिनी उद्द्योगले राष्ट्रिय प्रसारणमा केही मात्रामा योगदान पुराउन नितिगत ब्यवस्था गर्ने जस्ता अनुसन्धानमुलक र नितिगत कार्य ठुलो योगदान छ ।
  3. राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा भुकम्पको गएको ३-४ महिना भित्रैमा बिपद पछीको आवश्यकताको आँकलन रिपोर्ट तयार पारी दात्री निकाय तथा राष्ट्रहरु सम्मेलन गरेर करीब ४ खर्ब रुपँया भन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त गर्न सफल । ३-४ महिना भित्रैमा बिपद पछीको आवश्यकताको आँकलन रिपोर्ट तयार पारी दात्री निकाय तथा राष्ट्रहरु सम्मेलन गर्नु एकदम चुनौतीपूर्ण कार्य थियो जसको सम्बन्धित बिज्ञहरु ठुलो प्रशंसा गरेका थिए ।
  4. अहिलेको बैकल्पिक उर्जा प्रबर्धन केन्द्र धोबीघाटको एउता सानो घरमा हराइरहेको अवस्थामा थियो, जसलाई डा. पोखरेल पहिलो चोटि बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको कार्यकारी निर्देशक भए पछी पनि अहिले ब्रिहत रुप लिएको हो। अहिले बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले सयौ कार्यक्रम चलाएको छ, हजारौंले रोजगारी पाएका छन तथा बैकल्पिक उर्जा राज्यको प्रमुख प्राथमिकता पर्न सफल भएको छ। नेपालको बैकल्पिक उर्जालाई संसारकै नमुना कार्यक्रम बनाउन सफल भइ १२ वटा दात्री निकायलाई एउटै कार्यक्रम ल्याउन सफल ।
  5. अहिले नेपालको राजधानी लगायत सबै सुगमका शहरमा १८ घण्टा सम्म लोडशेडिङ हुँदा पनि माईक्रोहाइड्रो लगायत अन्य बैकल्पिक उर्जाको कारण नेपालका दुर्गमका गाउँगाउँहरुमा निरन्तर बिद्युत आइरहने र झिलिमिली हुने जुन परिस्थिती बनेको छ यसमा डा. पोखरेल ठुलो योगदान रहेको छ ।
  6. मानव बिकास सुचाँकमा सबैभन्दा तल भएको बाजुरा जिल्ला लगायत धेरै स्थानहरुमा एकिक्रित वस्ती बिकास योजनाको परीकल्पनाकार, भुकम्प पछीको पुननिर्माणमा पनि एकिक्रित वस्ती बिकासमा ठुलो जोड दिएका ब्यक्ती ।
  7. बिपदमा बिद्युतिय उर्जा आपुर्ती सन्तुलन मिलाउन सुरक्षा निकायलाई जलबिद्युत आयोजनाको निर्माण गर्न नितीगत ब्यवस्था गरेको जस्ताइ माडी जलबिद्युत आयोजनाको जिम्मा नेपाली सेनालाई दिइएको ।
  8. तराइमा २० जिल्लाका बिद्यार्थीलाई छत्राब्रित्ती, सहुलियतपूर्ण कृषि लोन, शहरी क्षेत्रमा घरको छानामा सोलार राखेर बिजुली उत्पादन गर्ने र सरकारले किन्ने ब्यवस्था, जलबिद्युत उत्पादनमा प्रतीमेगावाट ५० लाख रुपया अनुदान दिने नितिगत ब्यवस्था गरेको ।

माथि उल्लेखित बुंदाहरु केही उदाहरण मात्र हुन, यस्ता सयौं बुदाहरु लेख्न सकिन्छ डा. पोखरेल गरेका उल्लेखनिय कामहरुको  । डा. पोखरेल जुन सुकै पद र क्षेत्रमा कार्य गरे पनि सफल हुने कम नेपाल बिज्ञहरुमा पर्नु हुन्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका पोखरेल नेपाली कांग्रेसको आगामी सरकारका सम्भावित अर्थमन्त्री पनि हुन। डा. राम शरण महत पनि राष्ट्रिय योजना आयोग उपाध्यक्ष पश्चात निरन्तर कांग्रेस सरकारमा अर्थ मन्त्र भएका छन। एउटा अर्थमन्त्रीको रुपमा डा. पोखरेल गर्न सक्ने बिकासको तुलना राष्ट्रिय पार्टी बन्न संघर्षरत पार्टीको सांसदले गर्न बिकास सँग गर्न सकिन्छ र । त्यसैले हाम्रो मतले प्युठानको बिकासलाई मुहान खोल्नु पर्छ जुन सम्भावना डा. पोखरेलबाट शतप्रतिशत देखिन्छ । २०६४ र २०७० को चुनावमा बामपन्थी पक्षधर उम्मेद्वार बिजयी भएर उप-प्रधानमन्त्री समेत भइसक्दा पनि प्युठानले खासै बिकासको स्वाद चाख्न पाएन । तर डा. पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए पश्चात मात्र प्युठानमा केन्द्रिय स्तरबाट साना तथा ठुला बिकास आयोजनाहरु पर्न थालेका छन र बिकासले केही गती लिएको देखिन्छ। केही लाखका योजनाहरु बाहेक करोड लागतको योजना पनि नदेखेको प्युठानले डा. पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए पछी अरबको योजना पनि पाउन थालेको यथार्थ  हो। शैक्षिक योग्यता, अनुभव र राष्ट्रिय तथा अन्तरराष्ट्रिय पहुचँको हिसाबले डा. पोखरेललाई ब्यक्तीगत लाभको लागि प्युठानको डांडा पाखा दौडिरहनु पर्ने अवस्था पक्कै होइन, आफु जन्मेको स्थानलाई केही गर्नु पर्छ भन्ने आत्मवालले नै मन्त्री भन्दा पनि शक्तिशाली पद पुनर्निर्माणको कार्यकारी अधिक्रित तथा त्रिभुवन विश्वाबिध्यालय प्रध्यापक जस्तो सम्मानित पद दुबै त्यागेर राजनैतीकमा आउनु भएको हो ।

डा. पोखरेल प्युठानीको लागि यस्तो ब्यक्ती हुन जो सँग प्युठानीहरुले आफ्नो छोरा छोरीलाई उच्च शिक्षा कहाँ र कसरी पठाउने भन्ने ब्यक्तीगत तथा पारिवारिक प्रश्न देखी प्युठान जिल्लामा ठुलो र दिर्घकालिन पारीयोजनाका बारेमा प्रश्न सोध्न सक्छन । यस्तो सौभाग्य अन्य कमै निर्वाचन क्षेत्र जनताहरुले पाएका छन। एउटा बिज्ञको रुपमा डा. पोखरेलको दिमागमा प्युठानको कुन कुन क्षेत्रमा के केको सम्भावना छ र त्यो सम्भावनालाई मुर्त रुप दिन के के कार्यक्रम ल्याउनु पर्छ यी सबैको प्रस्ट खाका छ ।  डा. पोखरेलले नेपाल सरकार मार्फत आउने बजेट र बिकास मात्र होइन, आँफै सोझै बिभिन्न दात्री राष्ट्र र संस्थासँग सोझै संपर्क र छलफल गरेर प्युठान जिल्लामा धेरै बिकास कार्यक्रमहरु ल्याउन सक्ने ल्याकत पनि राख्नु हुन्छ । के यस्तो ल्याकत डा. पोखरेलसँग प्रतिस्प्रधा गर्दै गरेका अन्या उम्मेद्वारले राख्छन त ?

बिडम्बना डा. पोखरेल बाहेक अरु उम्मेद्वारले प्युठानको बिकासको बारेमा केही बोलेको र गरेको थाहा पनि छैन र बोल्ने गरेका पनि छैन। हामीले जितेउ भने माओको सपना पुरा हुन्छ भन्दै छन बामपन्थी उम्मेद्वार? के हो माओको सपना ? माओको सपनाले प्युठान बिकास हुन्छ ? यस्ता अंमुर्त कुराहरुमा जनता भुल्नु हुन्न । कमसेकम डा. पोखरेलले बुदागत रुपमा आफ्ना योजनाहरु  राखेका छन । त्यो योजनाको सुची राख्नुस र ५ बर्ष पछी डा. पोखरेललाई प्रश्न सोध्न पाउनु हुन्छ खोइ के के भए यी योजनाहरु भनेर ? जो कोही अंमुर्त ब्यक्तीको सपना र सिध्दान्त बोकेर हिंडेको छ त्यस्ता उम्मेद्वारलाई के प्रश्न सोध्नु हुन्छ ? प्रश्न सोधिहालेमा पनि हामी सपना पुरा गर्दै छौ तेही बाटोमा छौ भन्ने जवाफ आउछ । अनी के गर्ने हामी प्युठानीले त्यती बेला जतीबेला हामी कम्तिमा ५ बर्ष पछी पेरिसअकेका हुन्छौ ।

 

अन्त्यमा अब प्युठानी जनताले बिचार  गर्नु पर्छ कि राष्ट्रिय-अन्तरास्ट्रिय क्षेत्रमा बिज्ञको रुपमा परिचत, प्युठानको माटो बुजेको, योजना आयोगको उपाध्यक्ष हुँदा प्युठानमा बिकासको बिजोरोपण गरेको र सम्भावित अर्थ मन्त्रीको रुपमा हेरिएको ब्यक्तीलाई चुनाव जिताउने र कुनै एक कोरा सिद्धान्तको कुरा गर्ने, बिकासको कुनै सोच नभएको र परिवारबाद रुपमा निर्वाचनमा टिकट पाएकोलाई जिताउने । समयमै सचेत बनौँ, कम्तिमा आगामी ५ बर्ष पछुताउन नपरोस हामी प्युठानी नागरिकहरु।

जय स्वर्गद्धारी, जय प्युठान !!!

प्रतिक्रिया दिनुहोस्