Logo

मधेश विरोधीलाई परास्त गर्न काग्रेसलाई मत


धनुषा । धनुषा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेद्वार एवम् कृषि विकास मन्त्री रामकृष्ण यादवले मधेश जनताको अधिकारको विपक्षमा रहेको एमाले सहितको कम्युनिष्ट गठबन्धनलाई पराजित गर्न आग्रह गर्नुृभएको छ ।

नेका उम्मेद्वार तथा मन्त्री यादवले निर्वाचन क्षेत्र नं २ को नाथपट्टि भिसरभोरा, गोठ कोयलपुर र  जदुकोहा गाँउमा आयोजित घरदैलो अभियान एवम् कोणसभालाइृ सम्बोधन गर्दै सो अनुरोध गर्नुभएको हो ।

उहाँले राजनीतिक व्यवस्थाको टुंगो नयाँ संविधानले लगाइसकेको भएपनि कम्युनिष्टहरु कार्यकारी राष्ट्रप्रमुखको नारा उठाएर पुन मुलुकमा राजनीतिक अस्थिरता ल्याउने दुस्वप्न देखेको पनि उहाँले बताउनुभयो ।

संविधानका कमी कमजोरीलाई संशोधनका माध्यमबाट सच्याउदै नेपाली जनतालाई सुख र समृद्धिमा लैजाने कामको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने सक्ने उहाँले दावी गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रदेशसभाका उम्मेद्वार राजदेव यादव,पूर्व सांसद दिनेश प्रशैला,पूर्व सांसद शिवधारी यादव, शत्रुध्न यादव, सुदेश चौधरी,नवीन गोहीबार,सुधीर गोइत,विश्वेश्वर यादव, भोला चौधरी,प्रेमचन्द झा, उत्तिम मण्डल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्