Logo

फाेनले गरायाे सर्वोच्च अदालतमा आतंक


काठमाडौँ । एक व्यक्तिले बम राखेको खबर फोनमार्फत गरिदिएपछि सर्वोच्च अदालतमा आतंक मच्चिएको छ । बम राखिएको खबर फोनबाट गरेपछि मंगलबारका लागि तोकिएका सबै इजलास पनि रोकिएका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिए ।

तर, बम राखिएको खबर पाएपछि सर्वोच्च परिसर भित्र र बाहिर समेत सेनाको डिस्पोजल टोलीले खोजतलास गर्दा शंकास्पद कुनै बस्तु फेला परेन ।

‘बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास जारी राखेका छौँ’, उनले, ‘अहिलेसम्म केही भेटिएको छैन ।’ सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको बताएका थिए ।

इजलास शुरु हुन लागेका बेला आएको हल्लासँगै सर्वोच्चबाट हतारहतार न्यायाधीश, अवक्ता, कर्मचारी र सेवाग्राही बाहिरिएका थिए । अहिले सेनाको बम डिस्पोजल टोलीसमेत त्यहाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्