Logo

डाक्टर आरजुले भनिन- म सुदूरपश्चिमकी बुहारी हुँ


कैलाली । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकाले कैलालीको निर्वाचन क्षेत्र रोजेको बताएकी छन् ।

‘हाम्रो संस्कृति अनुसार छोरीलाई विवाह गरेर जुन घरमा पठायो, छोरीको घर त्यही हुन्छ’, डा। देउवाले भनिन्, ‘त्यसैले म पर्यटक होइन यहीँकै बुहारी हुँ । विवाह गरेर आएपछि सुदूरपश्चिमको विकासका लागि धेरै गरेको छु ।’

कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार देउवाले बुधबार धनगढी–५ पिपल चौतारा, गुरही चोक र देउथान चोक लगायत स्थानमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएकी हुन् ।

आरजुले कैलालीसहित प्रदेश नम्बर ७ को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकाले यहीँबाट चुनाव लडेको बताइन् ।

‘हाम्रो संस्कृति अनुसार छोरीलाई विवाह गरेर जुन घरमा पठायो, छोरीको घर त्यही हुन्छ’, डा। देउवाले भनिन्, ‘त्यसैले म पर्यटक होइन यहीँकै बुहारी हुँ । विवाह गरेर आएपछि सुदूरपश्चिमको विकासका लागि धेरै गरेको छु ।’

कांग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसँग प्रत्यक्ष सम्पर्क गराएको चर्चा उनले गरिन् । ‘२२ वटा पुल बनेपछि राजधानीसँग सुदूरपश्चिमको प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’, उनले भनिन्, ‘सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज र गेटा विमानस्थलको विस्तार लगायत काम कांग्रेस नेतृत्वको सरकारबाटै सम्भव भएको हो ।’

नेतृ राणा देउवाले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वरा, दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नति, गौरीफन्टा नाका स्तरोन्नति, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्रसहित तीब्र आर्थिक विकासका योजनाहरू कांग्रेसले नै अघि बढाउने बताइन् ।

नेतृ राणा देउवाले सेती अञ्चल अस्पताललाई तीन सय शय्याको क्षेत्रीय अस्पताल बनाइने तथा कैलालीमा रासायनिक मल उद्योग स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले लोकतन्त्रको स्थापना, संविधानको निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानको पूर्ण कार्यान्वयन र मुलुकको द्रूत आर्थिक समृद्धि पनि कांग्रेसले नै गर्ने चर्चा गरे

प्रतिक्रिया दिनुहोस्