थापाथलीको पेटीमा एक पुरूष मृत फेला

थापाथलीको पेटीमा एक पुरूष मृत फेला


काठमाडौं ।

काठमाडौंको थापाथली चोकको सडक पेटीमा एक पुरूष मृत भेटिएको छ।

आज बिहान ६ बजे ‍थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०र४० वर्षका पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत भेटिएका व्यक्तिको पहिचान हुन नसकेको उनले बताए।

त्यस क्षेत्रमा सोधपुछका क्रममा उनी मागी हिँड्ने व्यक्ति भएको खुलेको छ।

उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको एसपी ढुंगेलले जानकारी दिए।