Logo

अन्तराष्ट्रिय लोक महोत्सवमा ‘कर्णाली मष्टो’


काठमाण्डौ– काठमाण्डौका प्रकाश श्रेष्ठ ‘कर्णाली मष्टो’ हेर्न राष्ट्रिय नाचघर जमल पुगे । उनले अन्तराष्ट्रिय लोक संगित फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको सुनेपछि काठमाण्डौका आफ्ना साथिहरु सहित संगित फिल्म हेर्न पुगेका थिए । कर्णालीमा नपुगेपनि उनले कर्णालीको कला लोक संस्कृतिको वारेमा धेरै नै सुनेका थिए । त्यही हेर्न उनी नाचघर पुगे । फिल्म हेरेपछि उलने कर्णालीको मौलिक संस्कृतिका बारेमा नयाँ कुरा थाहा पाए ।

यो महोत्सवमा नेपाल सहित विश्वका १८ मुलुकमा वनेका लोक संगीतसंग सम्बन्धित ३२ वटा बृत्तचित्र देखाइदै छन् ।

‘धामी र मष्टो देवताको वारेमा सुनेको मात्र थिए त्यसको वारेमा आज फिल्म हेरेपछि सवै थाहां पाए’ काठमाण्डौकी रक्षा थपलियाले भनिन् । थपलियालाई कलेजमा पढ्दा कर्णालीका साथीहरुले मष्टोको वारेमा वताउने गरेका थिए । तर यस्तो संगित र नृत्य पनि हुन्छ भन्ने उनलाई थाहा थिएन । काठमाण्डौ राष्ट्रिय नाचघर जमलमा मंसिर ६ गते देखि सुरु भएको फिल्म महोत्सव आज ९ गते सम्म संचालन भयो ।
महोत्सवमा कर्णालीबाट वनेको पहिलो लोक संगित फिल्म छनौटमा परेको फिल्मका सिनेटोग्राफि प्रकाश उपाध्यायले वताए । यस फिल्मको कम्पोजर समेत रहेका उपाध्यायले भने ‘मध्य तथा सुदुर पश्चिममा कुल देवताको रुपमा मानिदै आएको मष्टो देवताको वारेमा धेरैले सुनेको तर थाहां पाएका थिएनन् । यस संगित फिल्मले मष्टोको इतिहासनै वताएको छ ।’
महोत्सवमा फिल्म हेर्ने अधिकाशंले यस फिल्ममा बजाइएको बाजाको प्रशंसा समेत गरेका थिए । दमाह, सुनाइ, शंक लगायत देवताको थान ( मन्दिरमा) प्रयोग हुने सम्पूर्ण बाजाहरु समेटिएको कर्णाली मष्टो फिल्मका निर्देशक पत्रकार एलपी देवकोटाले वताए । फिल्म हेर्न नाचघर पुगेका दर्शकको मन छुन सफल भएको छ । यो फिल्म अनौठो खालको नृत्य भएकाले पनि दर्शकले मनपराएको निर्देशक देवकोटाले वताए । उनले भने ‘वैशाख, साउन, कार्तिक पुनिमा थानमा पुजा गर्ने गरिन्छ । यो फिल्ममा त्यसलाईनै चित्रण गरिएको छ ।’
यस संगित फिल्ममा मष्टो देवता आउने धामीमा धामी चढाउनका लागि सहायक धामीहरुले आफ्नो नाच प्रस्तुत गरेका छन् । विभिन्न संगितिक पुकार गरेपछि मुख्य धामीमा देवता चढेकोे देखाइएको छ । जुम्लाको सिंजा क्षेत्रका छायांकन गरिएको फिल्मममा ‘कसम जुम्ला’ले प्राविधिक सहयोग गरेको निर्देशक देवकोटाले वताए ।
प्रकाश उपाध्याय, एलपी देवकोटा, देविकृष्ण अधिकारी र दिपेन्द्र उपाध्याय यस फिल्मको निर्माता रहेका छन् ।
कर्णालीमा तयार गरिएको पहिलो लोक संगित फिल्म कर्णाली मष्टो पनि प्रदर्शन भैरहदा मध्य तथा सदुरपश्चि र कर्णालीका दर्शकहरु राष्ट्रिय नाचघर जमलमा पुगेका थिए ।
सातौ संस्करणको यो महोत्सवमा नेपाल सहित विश्वका १८ मुलुकमा वनेका लोक संगीतसंग सम्बन्धित ३२ वटा बृत्तचित्र देखाइदै छन् ।

प्रतिक्रिया दिनुहोस्