Logo

मेडिकल कलेज पाएपछि सुन्दर हरैचावासी डा शेखरसँग खुशी


बिराटनगर ।   मोरङको गोठागाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संचालनको लागी स्वास्थय मन्त्रालयले स्विकृत प्रदान गरेको छ । मन्त्रालयको यो पछिल्लो निर्णयले मोरङ क्षेत्र न ६ का कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाप्रति सुन्दर हरैचावासीको आशा र भरोसा थप मजवुत बनेर गएको छ ।
चुनावी सभामा बोलेको कुरा चुनाव अगावै कार्यान्वयनमा आएपछि सुन्दर हरैचावासी दंग परेका छन । डा कोइरालालकै पहलमा मेडिकल कलेज संचालनको पहिलो सफलता प्राप्त भएको हो । १ बर्षभित्रै विश्वविद्यालयमा मेडिकल कलेज संचालन भैसक्ने सुन्दर हरैचावासीलाई उनले वाचा गरेका छन । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने डा कोइरालाको प्रयासले मात्र त्यो कार्य सम्भव हुनसक्छ कांग्रेसका यूवा नेता रमेशजंग रायमाझीले भने , डा सावले १ बर्षको समय माग्नु भएको थियो तर चुनाव अगावै जनतालाई विश्वास दिलाउने काम गर्नु भयो । डा कोइरालाको यो पहलले स्थानीयहरु खुशी भएको रायमाझीको बताए ।
प्रारम्भिक चरणको सफलता जनताले आफै देखेपछि डा कोइरालाल त्यस क्षेत्रमा लोकप्रिय बनेका छन । मेडिकल कलेज संचालनको चुनावी मुद्धा बनाएका उनले सुन्दर हरैचाकाबासीलाई १ बर्ष धर्य गर्न आग्रह गरिरहेका छन । सवै प्रक्रृया पुरा गर्न १ बर्ष लाग्ने भएकोले ढुक्क भएर बस्न सुन्दर हरैचावासीलाई उनको आग्रह छ । २० औ बर्षदेखी अलपत्र अवस्थामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको स्तरउन्नतीमा कसैको ध्यान जान सकेको थिएन । मेडिकल कलेज संचालन हुन्छ , त्यसको लागी म ग्यारेन्टी बस्छु डा कोइरालाले प्रत्येक चुनावी सभामा भनिरहेका छन ।
स्वास्थ्य मन्त्रालयको मिति ०७४÷७÷२८ को सचिवस्तरीय निर्णय अनुसार एमवीवीएस शैक्षिक कार्यक्रम संचालनको लागी आफ्नै न्यूनतम मापदण्ड अनुसार अस्पताल नवन्दासम्म अर्को व्यवस्था नभएसम्म कोशी अञ्चल अस्पताल विराटनगरलाई शिक्षण अस्पतालको रुपमा प्रयोग गरि मेडिकल संचालन गर्न अनुमति दिने मन्त्रालयले निर्णय गरेको छ । विश्व विद्यालयमा मेडिकल कलेज संचालन गर्नु पूर्व ३ सय शैयया रहेको अस्पताल अनिवार्य हुनु पर्ने प्रावद्यान छ । स्वर्गीय गिरिजाप्राद कोइरालाले भारतको बनारस विश्वविद्यालयको परिकल्पना गरि पूर्वाञ्चल विश्व विद्यालय संचालनमा ल्याएका थिए ।
यतिका बर्ष वितिसक्दा पनि विश्वविद्यालयको गुणस्तरमा कुनै सुधार आउन नसकेपछि डा कोइरालाकै पहलमा सुधार हुने संकेत देखिएको छ । कोइराला परिवारको योगदानमा स्थापना भइ संचालनमा आएको यस विश्व विद्यालयलाई देशकै नमून विश्व विद्यालय बनाइने डा कोइरालाले प्रण गरेका छन । स्वार्गीय गिरिजावावुको सपना साकार पार्न पनि मैले यसको स्तरउन्नती गर्नु छ डा कोइारालले भने , सन्दर हरैचाबासीको प्रमुख माग पनि यही हो । ५०÷०७४÷७५ चलानीमा स्वास्थ्य मन्त्रालयले मिति ०७४÷८÷३ मा पूर्वाञ्चल विश्व विद्यालयलाई निर्णय कार्यान्वयनका लागी पत्रचार गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्